protest-on-ca-16
एकीकृत नेकपा माओवादी, मधेश केन्द्रित दल सहितका विपक्षी दलले संविधानसभा बहिस्कार गर्ने र वार्तामा पनि नबस्ने निर्णय गरेको छ ।सोमबार बसेको संविधानसभाभित्र र बाहिर रहेका ३० दलको बैठकले प्रस्ताव समिति गठनको निर्णय नसच्याएसम्म संविधानसभामा नजाने र वार्तामा पनि नबस्ने निर्णय गरेको नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष केशवमान शाक्यले जानकारी दिए ।नेपाली कांग्रेस र एमाले लगायत सत्तारुढ दलको समर्थनमा प्रस्ताव समिति गठन भएको विरोधमा एमाओवादी सहितका विपक्षी १९ दलले बाहिरका दलहरुसँग मिलेर सडक आन्दोलन चर्काउने निर्णय गरेका छन् । उनीहरुले तीन चरणको आन्दोलनको घोषणा गरेका छन् ।

सम्बन्धित खबरहरु