काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठलाई मिस वर्ल्डमा ठूलो सफलता मिलेको छ ।

हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियालाई हराउँदै नेपाल विश्व सुन्दरी प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेको हो ।

योसँगै नम्रता श्रेष्ठलेपनि नेपालको नाम विश्वभरी पुर्याउने देखिएको छ । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा जस्तै उनीपनि मिस वर्ल्डमा राम्रो स्थान बनाउन सक्ने संकेत देखिएको छ ।

मिस वल्र्डका अनुसार नेपालसहित पाराग्वे, क्यामरुन र फिलिपिन्स टप थर्टीभित्र प्रवेश गरेका हुन् । उक्त प्रतिस्पर्धामा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठको जवाफको निकै प्रशंसा भएको थियो ।

अन्तिम ३० भित्र प्रवेश गरेपछि आफूलाई थप उत्साह लागेको उनले बताइन् । अहिले अमेरिकी राज्य पुएर्तो रिकोमा भैरहेको विश्व सुन्दरी प्रतियोगिताबाट नेपालले ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा पनि जित्ने अपेक्षा गरिएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी मिस नेपाल श्रेष्ठलाई ती विधामा भोटिङ भैरहेको छ । डिसेम्बर १६ मा मिस वर्ल्डको ग्रान्ड फिनाली आयोजना हुँदैछ ।

 

सम्बन्धित खबरहरु