काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनमा के नेता चोर नै हुन् त ?

सहभागी सबैलाई प्रश्न गर्नुभयो । उहाँले यस्तो प्रश्न सोधेको बेला उपस्थित नेता कार्यकर्ताले नै हो भनिदिए ।

अधिकांश निर्वाचित भएर आएका प्रतिनिधिहरु नेता बराबरका हुन् । उनीहरुले नै हो भन्ने ठूलो आवाज निकालेपछि प्रचण्ड लज्जित हुनुभयो ।

र जबरजस्त हैन भन्नुभयो । उहाँले केही अघि एक नेताले यसो भन्नुको कारण नेपाल र नेपालीमाथी षड्न्त्र गर्ने आँट गर्न खोजेको बताउनुभयो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई जनताले चोर भन्न थालिसकेको, सबै फेल भएको र अब राजा ल्याउनुपर्ने बताउनुभएको थियो ।

उहाँको भनाईलाई प्रचण्डले खण्डन गर्नुभएको थियो । यसअघि प्रतिगमनको रुपमा मञ्चमा नै आएर नसल्बलाउँन भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लिङ्देनलाई झपार्नुभएको थियो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सम्वोधन गर्दै उहाँले भन्नुभयो अब प्रतिगमनहरु नसल्बलाए हुन्छ । लक्षण राम्रो देखिएको छैन ।

त्यस्तो भयो भने जनताले आँधीबेहेरी फेरी ल्याउने छन् । अब राजाको कल्पनासम्म गर्न सकिन्न ।

सम्बन्धित खबरहरु