काठमाडौं । शनिबार पत्रकारहरूसँग कुरा गर्ने क्रममा रामचन्द्र पौडेल सार्वजनिकस्थलमै भक्कानिएर रुनुभयो ।

संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार खोज्न नसकेको र सभापतिमा दुई नेता (प्रकाशमान सिंह र शेखर कोइराला) ले दाबी नछाडेपछि उहाँ भावुक मात्र बन्नुभएन रुन नै थाल्नुभयो ।

यसअघि पनि प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापतिको साझा उम्मेदवार छान्न बसेको बैठकमा कुरा नमिलेपछि उहाँ निक्कै भावुक बन्नुभएको थियो ।

आज आफू कांग्रेस नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिने दोहोर्‍याउँदै उहाँ रुन थाल्नुभयो । ठिक यही अवस्था थियो ।

कांग्रेसले जननेता भनेर चिनाउने गणेशमान सिंह र त्यागी नेता भनेर चिनाउने कृष्णप्रसाद भट्टराईकोपनि । उहाँले चाक्सीबारी बैठकमा पनि राजनीतिबाटै संन्यास लिने घोषणा गर्नुभएको थियो ।

शनिबार (आज) नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिने बताउँदै गर्दा पौडेलले दुवै हातले आँखा छोप्नुभयो । हात निकाल्दा बरर आँशु खसे । उहाँको बोली पनि एकाएक मधुरो भयो। आवाज पनि निक्कै भावुक थियो।

आफूले नेताहरूलाई (खासगरी शेखर र प्रकाशमान) सभापतिका लागि साझा उम्मेदवार चयन गर्न आग्रह गरिरहे पनि नभएपछि नेतृत्वको दाबी छाडेको बताउनुभयो ।

एक जना मात्रै नेता सभापतिको दाबेदार हुँदा आफू सहयोग गर्न तयार रहेको भन्दै उहाँले इतरपक्षलाई सभापति जिताउन हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

आफ्नो समूहबाट पदाधिकारी उम्मेदवार बनाउने विषयमा लचक देखिएका पौडेल संस्थापनइतर मिलेर गए देउवालाई हराउन सकिने विश्वासमा हुनुहुन्छ ।

त्यसो त कांग्रेसमा यो किसिमको दृश्य र विषय नौलो होइन। चाहे गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराई। दुवै नेताले पार्टीबाट अपमानजनक व्यवहार सहनुपरेको थियो। गिरिजाप्रसाद गुटबाट पार्टीमा अपमानजनक व्यवहार व्यर्होनुपरेका सिंहले पार्टी नै परित्याग गरेको इतिहास साक्षी छ ।

तर उहाँले केही दिनयता एउ‍टै विषयमा चित्त दुःखाइरहनुभएको छ, शेखर र प्रकाशमान सिंहबीच सहमति नभएको। यही विषय उठाउँदै उहाँले शनिबार गुनासो गर्नुभयो, “शंशाकले मलाई समर्थन गर्न तयार भए पनि शेखर र प्रकारशमानले आफ्नो अड्डी नछोडेपछि उहाँ नै लिकबाट बाहिरिनुभयो ।

२०४८ सालमा बनेको गिरिजाप्रसाद कोइरालाको सरकारले ‘महत्वपूर्ण निर्णय गर्दा आफूलाई नसोधिएको र पद एवं सुविधामा जातीय सन्तुलन नमिलाएको’ भन्दै सिंह कोइरालाप्रति असन्तुष्ट हुनुभयो । सोही वर्ष प्रकाशित मूल्यांकन मासिकको पृष्ठ ७ मा उल्लेख छ।

लेखिएको छ, झापा कलवलगुढीमा भएको नेपाली कांग्रेसको महासम्मेलनमा ठूलो हलचल पैदा भयो। त्यतिखेर पार्टी सभापति कृष्णप्रसाद भट्टराईले तीन महीनाभित्र गणेशमानको चित्त नदुख्ने गरी काम गराउने वाचा गरे पनि उहाँले त्यसो गर्न सक्नुभएन ।

गिरिजाप्रसाद कोइराला सरकारको अधिकांश काम जनघाति रहेको भन्दै सिंहले त्यसको विरोध जनाउन थाल्नुभयो । जनताको नजरमा पार्टी पंगु, भ्रष्टाचारी र जनविरोधी भएको भन्दै उहाँले सिंहले त्यसका विरोधमा देशव्यापी अभियान नै चलाउनुभयो ।

कोइराला सरकार गठन भएको ६ महीनापछि नै सरकारको विरोध जनाएपछि सिंह २०५१ सालपछि पार्टीबाट नै अलग हुने अवस्थामा पुग्नुभयो । त्यसक्रममा उहाँ हरेक जिल्ला पुगेर पार्टीका कार्यक्रतासँग संवाद गर्दैै केही निकास निकाल्न थाल्नुभयो ।

सिंह समर्थित ३६ सांसदको असहयोगका कारण कोइराला सरकार अल्पमतमा पर्दा कोइरालाले सरकारबाट राजीनामा दिँदै देशलाई मध्यावधि निर्वाचन घोषणा गर्नुभयो । प्रधानमन्त्री कोइरालको संसद् विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कोइरालाको संसद् विघटन गर्ने निर्णयलाई सदर गरेको थियो।

सोही वर्षको १२ साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोइरालाको कदमको विरोध गर्नुको सट्टा अनुमोदन गर्‍यो।

त्यस क्रममा सिंहले भन्नुभएको थियो, ‘अब नेपाली कांग्रेसले राष्ट्रियता र प्रजातन्त्र जोगाउला भन्ने रहेन, यसले माखो पनि मार्दैन’ (मूल्यांकन मासिक, २०५१ अश्विन, पूर्णांक २२)।

सोही वर्षको ३१ भदौमा देशी तथा विदेशी पत्रकारबीच ‘अब उपरान्त नेपाली कांग्रेससँग आफू सम्बद्ध नरहेको,’ सिंहले घोषण गर्नुभयो। गणेशमान सिंहलाई पार्टीबाट निस्काशित गर्न कोइरालाको ठूलो भूमिका थियो ।

 

सम्बन्धित खबरहरु