rp_ramsaran-mahar-300x300.jpg

काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले प्रशासन संयन्त्र बलियो बनाउन कर्मचारीहरु राजनीतिबाट टाढा रहनुपर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित ६३ औं भन्सार दिवसको अवसरमा बोल्दै अर्थमन्त्री महतले कर्मचारीहरुलाई जनसेवाको सवालमा राजनीति नगर्न निर्देशन दिएका छन् ।

मन्त्री महतले वर्तमान सूचनाको युग भएकाले प्रविधिको अधिकतम प्रयोगगरी चुस्त दुरुस्त प्रशासन बनाउन आग्रह गरे । राजस्वको ५० प्रतिशत योगदान गर्ने भन्सार क्षेत्रलाई अझ बजबुत बनाउन लागी पर्ने उनको भनाई ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले भन्सार सुधार कार्ययोजनाले भन्सारहरुमा एकरुपता ल्याउने विश्वास व्यक्त गर्दै अन्राष्ट्रिय स्तरको भन्सार कार्यालय निर्माणमा जोड दिए ।

सम्बन्धित खबरहरु