धादिङ । धादिङ जिल्ला नेत्रावती डब्जोङ गाउपालिका वडा न ३ सेमजोङ स्थित चौतारा मा. बि. मा कक्षा १० मा अध्ययनरत बिजय थापा तामाङलाई प्राण घातक रोग ब्लड क्यान्सर भएको छ ।

क्यान्सपछी उनको उपचारका लागि चिन्ता बढेको छ । बिजयको स्थायी घर रुबिभ्याली गाउँपालिका वडा न १ पुरु गाउमा हो ।

आमा बुवाको आर्थिक अवस्था निकै नाजुक भएको कारण बिगत ८ बर्ष देखि थाला प्रा. बि. का शिक्षिका लीलामाया तामाङले संरक्षण दिदै आउनुभएको थियो ।

बिजयको बुवा थापा तामाङ धादिङ बेशी देखी तिप्लिङ तिर लग्नुपर्ने भारी बोक्ने काम गर्नु हुन्छ । ६ वटा सन्तानहरु मध्ये बिजय दोश्रो सन्तान हुन् ।

घरायसी अवस्था निकै नाजुक भएको कारण शिक्षिका लीलामाया तामाङले बिजयको पालन पोषण र पढाई ब्यवस्थापन गर्दै आइरहनुभएको थियो । तर अचानक बिरामी भई अस्पताल भर्ना गर्दा पनि कुनै रोग पत्ता लाग्न सकेन ।

र अन्तमा वीर अस्पातलमा रेफर गरी चेक जाँच गर्दा ब्लड क्यान्सरको रिपोर्ट आयो । उमेरले भर्खर १८ बर्ष मात्र लागेका बिजयको ब्लड क्यान्सर ९० प्रतिशत निको हुने सम्भावना रहेको डाक्टरहरुले सुझाव दिएका छन ।

तर यसको लागि निरन्तर डाक्टरको निगरानीमा रहेर उपचार गर्नु पर्ने सल्लाह दिएका छन । बिजयको उपचारमा बी पोजेटिभ रगतको आवश्यकता निरन्तर भैरहने भएको र घरको आर्थिक अवस्था निकै कमजोर रहेकोले बिजय बाबुको थप उपचार गर्न तपाईं हाम्रो सहयोगको अति आवश्यकता रहेको छ ।

कृपया बिजय बाबुको उपचारको लागि आफुले सक्ने सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ । तपाईंको सहयोग कसैको जीवन रक्षाको माध्यम बन्न सकोस ।

तपाईंको सहयोग आवश्यकता भएको ठाउमा प्रयोग हुन सकोस । सक्नेले आर्थिक सहयोग गर्नुहोस् । प्राविधिक कठिनाइले सहयोग गर्न असक्षमहरुले सक्दो सेयर गरेर साथ सहयोग गरिदिनुहोला ।

सम्बन्धित खबरहरु