काठमाडौ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले मतदातालाई गुन तिर्न ५० लाख व्यक्तिगत अनुदान दिने निर्णय गर्नुभएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा चुनाव हारेसँगै आजै उहाँ सरकारबाट बाहिरिनुभएको थियो ।

उहाँले आजै प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष रक्षामन्त्री पदबाट राजीनामा दिनुभयो ।

पार्टीको आन्तरिक निर्वाचनमा समेत पराजित हुँदा मन्त्री पदबाट राजीनामा दिएको सम्भवतः यो पहिलो घटना हो । उहाँले नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभएको छ ।

आज मन्त्रालयबाट बाहिरिनुभन्दा पहिला पत्रकार सम्मेलन गरेर राजनीतिक पुँजी नै पराजयपछि घटेका कारण मन्त्री पदबाट राजीनामा दिएको बताउनुभएको थियो ।

भर्खरै मात्र उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्दै मोरङ्ग क्षेत्र नं २ का नागरिकका लागि ५० लाख अनुदानको घोषणा गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ : मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाउनु भएको छ । आमा–बुवाले सामर्थ्य विरासतमा छोडेर जानु भएको छ।

त्यसैले मोरङ्ग २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु।

https://twitter.com/MinendraRijal/status/1471509029553803274

सम्बन्धित खबरहरु