काठमाडौं । मान्छेहरु अहिलेसम्म पापी हुँदैछन् भन्ने कुरा कहिलेकाँही देख पाइन्छ ।

’कलियुगी आमाले आफ्नो पाप लुकाउन १ दिनकी बालिकालाई फालिन्, कुकुरले रातभर थुनेर बचायो ज्यान’ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ ।

तर वास्तवमा यस्तै घटना भारतमा भएको छ । छत्तीसगढको मुंगेली जिल्लाको लोर्मी क्षेत्रको सरिस्टालमा मानवतालाई लज्जित तुल्याउने एक हृदयविदारक तस्विर सार्वजनिक भएको छ ।

त्यहाँ एक दिनको नवजात शिशुलाई अज्ञात व्यक्तिले गाउँको बीचमा कुकुरसँग छोडेको खुल्न आएको हो ।

यो सबै घटना लोर्मी प्रहरी चौकी क्षेत्रको सरिताल गाउँको हो । गाउँलेहरूले पहाडमा कुकुरसँगै बिहान नवजात शिशु फेला पारेका थिए । त्यसपछि गाउँलेहरूले यसबारे लोर्मी प्रहरीलाई खबर गरेका हुन् ।

खबर पाएलगत्तै लोर्मी प्रहरीका असई चिन्ताराम बिन्झावार टोलीसहित घटनास्थल पुगे । प्रहरीले नवजात शिशुलाई तत्कालै लोर्मी ५० शय्याको मातृबाल अस्पताल पुर्यायो ।

नवजात बालिकालाई प्राथमिक उपचारपछि चाइल्ड केयर मुंगेली रिफर गरिएको छ । उक्त शिशु मात्र १ दिन पुरानो भएपछि उपचारपछि चिकित्सकले मुंगेली चाइल्ड केयरमा रेफर गर्नुपरेको हो ।

यस सम्बन्धमा अहिलेसम्म कुनै पनि व्यक्ति विरुद्ध कुनै मुद्दा दर्ता गरिएको छैन । अनुसन्धान अझै जारी छ । त्यसपछि मुद्दा दर्ता हुने प्रहरीले जानकारी दिएको छ ।

यहाँलाई बताउँ की मानिससँग मानवता नभएका बेला पशुसँग कति हदसम्म हुन्छ भन्ने एक उदाहरण यो घटनाको हो । प्रहरी घटनास्थल पुग्दा शिशुलाई कुकुरले आफ्नो काखमा च्यापेको थियो ।

कुकुरको भुत्ला र शरीरको न्यानोले यो चीसोमा शिशुको ज्यान बच्यो । नत्र बाँच्ने थिएन । प्रहरी पुगेपछि कुकुरले शिशुलाई आफ्नो खोकिलाबाट छोड्यो । यो दृष्य देखेकाहरुका आँखाबाट आँशु बगे एक स्थानीयले बताए ।

सम्बन्धित खबरहरु