काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने बताउनुभएको छ ।

त्रिविको ४७औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नुभएको हो ।

मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नव–प्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्दछ,’ त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ ।’

समारोहका प्रमुख अतिथि तथा आईआईटी दिल्लीका निर्देशक प्राध्यापक भी रामगोपाल राओले विश्व अप्ठारो परिस्थितिमा गुज्रिएको उल्लेख गर्नुभयो ।

‘जटिल परिस्थितिमाझ ‘कोभिड ब्याच’ पुस्तालाई दीक्षित तुल्याउनु आफैंमा चुनौतीपूर्ण छ,’ आविस्कारलाई नयाँ मन्त्रका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यो चुनौतीलाई आईआईटी दिल्लीले अनलाइन शिक्षाका माध्यमबाट नयाँ अवसरको खोजी गरेको छ ।

अहिले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उहाँको भनाई छ ।

  • आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

आजका चर्चित पोष्टहरु

अत्यन्तै चर्चित र मनपर्ने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । च्यानलमा पुग्नुभयो भने Subscribe गरेर नजिकै रहेको बेल (घण्टी) मा थिच्न नभुल्नुहोला । यसो गर्दा राम्रा र मनपर्ने भिडियोहरु अपलोड गर्नासाथ तपाईको मोबाईलमा आउनेछ ।

सम्बन्धित खबरहरु