काठमाडौं । काठमाडौंको मुटु बानेश्वरमा लागेको आगलागीबारे नयाँ अपडेट आएको छ ।

आज दिउँसो अन्दाजी ३ः४० बजे बानेश्वरको इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको थियो ।

काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित इन्द्रेणी कम्प्लेक्समा सरल श्रेष्ठद्वारा सञ्चालिन फिटनेस एण्ड स्पा सेन्टरमा भएको आगलागी नियन्त्रणमा आएको हो ।

त्यहाँ भएको इन्भटरबाट अचानक बिजुलीको करेन्ट सर्ट हुँदा आगलागी भएको थियो ।

आगलागीको खबर पाउने वित्तिकै तत्काल वानेश्वर वृत्त सिंहदरबार र मनप्र नगर प्रहरी भृकुटीमण्डपबाट प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरी नायव उपरीक्षकहरुसहित १५० जना नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल समेतबाट सुरक्षाकर्मी परिचालित भई आगोलाई नियन्त्रणमा लिएका हुन् ।

काठमाडौंबाट २, भक्तपुरवाट १ र ललितपुरवाट २ गरेर जम्मा ५ वटा दमकलको सहयोगमा ४ः४० बजे आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

नेपाली सेनाको बरुण नियन्त्रक–४ वटा र काठमाडौं महानगरपालिकाको १ ट्याङ्कर पानी प्रयोग भएको थियो । कुनै मानविय क्षति नभए पनि प्रारम्भिक चरणको जानकारी अनुसार अन्दाजि ३ करोड ५० लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

  • आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

आजका चर्चित पोष्टहरु

अत्यन्तै चर्चित र मनपर्ने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । च्यानलमा पुग्नुभयो भने Subscribe गरेर नजिकै रहेको बेल (घण्टी) मा थिच्न नभुल्नुहोला । यसो गर्दा राम्रा र मनपर्ने भिडियोहरु अपलोड गर्नासाथ तपाईको मोबाईलमा आउनेछ ।

सम्बन्धित खबरहरु