काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्हको मोह अझै त्याग्न नसकेको देखियो ।
उहाँले सूर्य चिन्ह हाम्रो भएको थियो, षड्यन्त्र गरेर ओलीलाई बचाइयो भनेर अभिव्यक्ति दिइनु नै यही तथ्य प्रमाणित हुनु हो ।
त्यही कुरालाई जोडेर उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्नुभएको छ ।
ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको र अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उहाँको भनाई छ ।
एक कार्यक्रममा प्रचण्डले प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत सदस्यहरुले ओलीलाई कारबाही गरेको सम्झिनुभयो ।
‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उनले भने, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो ।’ प्रचण्डले भन्नुभयो ।
ओलीले पनि हार स्वीकार गरेर नयाँ पार्टी दर्ता गरेको तर, असंवैधानिक रुपमा निर्वाचन आयोगमा लगिएका मानिसहरुले उनलाई बचाइएको हो प्रचण्डको ठोकुवा थियो ।
ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उहाँको दाबी छ । संविधानको धारा ७६ (५) मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो ‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ । यो भन्दा अराजनीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ ?’
एमालेले अहिलेको गठबन्धन टुट्छ भने कांग्रेसलाई एकलौटी सरकार बनाउन दिने, एमसीसी पास गर्न सहयोग गर्ने जस्ता प्रस्ताव राखेको भन्दै प्रचण्डले यो पनि प्रतिगमनका लागि वातावरण बनाउने प्रयास भएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कमजोर हुन नदिने विश्वास दिलाएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, गठबन्धनलाई अझ बलियो बनाएर निर्णायक ढंगले परास्त गर्ने गरी प्रस्तुत हुन्छौं ।’
आजका चर्चित पोष्टहरु
- कलियुगी आमाले पाप लुकाउन १ दिनकी बालिका फालि, कुकुरले रातभर छोपेर बचायो ज्यान
- पेशाले प्रोफेसर, तर काम मोबाइल चोरी : पत्याउन मुस्किल व्यक्ति
- अन्ततः बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनपनि फसिन् : के हो उनको अपराध ?
- शुक्रदेवले आजदेखि थाल्यो उल्टो चाल , जान्नुहोस् कुन राशिलाई छ शुभ, कुन राशिलाई अशुभ
- आफ्नो एक बच्चा मारेको बदलामा २५० भन्दा धेरैको ज्यान लिइयो, अन्तत: बाँदर पक्राउ !
- ३२ बर्षका पल र १७ की समीक्षाबीच सामिप्यता : छोड्न नमान्दा १ करोड अफरपछि विवाहको कागज
- ‘दुई पटकसम्म शारीरिक सम्पर्क भएको हो, बाँकी के–के भयो थाहा भएन’
- बेडमा श्रीमानसँग रोमान्सको पल भिडियो खिच्ने सोचेर थिच्दा फेसबुकमा लाईभ भएपछि…
- अमेरिका–चीनबीच तनाव उच्च, दलाई लामाको निकटता बुझेपछि चीनले फायर खोल्यो
- ४ राशिमा कार्यमा सफलता, यी ५ राशि सावधा : राशिफल / २०७८ पुस ५ गते, साेमवार
- भर्खरै तयार पार्न यो सिप सिक्नुहोस्
- महिला, पुरुष, बच्चा सबैमा हुन्छ थाइराईड : हुनै नदिने भएपनि यो हो अचुक घरेलु औषधि