काठमाडौ । अहिले अञ्जानमा भएको यौन दुर्व्यवहारको विषय पेचिलो बन्दै आएको छ ।

बच्चामा भएका यौन दुर्व्यवहारहरुको बारेमा खुल्न थालेका छन् । बीबीसी नेपालीले चलाएको अभियानमा भिडियोमा नै आएर मानिसहरु वितेका घटनाका बारेमा ओकल्दै आएका छन् ।

ग्यालेक्सी फोर के टेलिभिजनलेपनि यो विषयको आवाज बाहिर ल्याउन थालेको छ ।

यही भिडियो सामाग्रीमा एक बालकको सत्य घटना बाहिर आएको छ । उनले होस्टेलमा बस्दा महिला वार्डेनबाट भोगेको यौन दुर्व्यवहारका बारेमा बाहिर आएको घटनाले सबैलाई झस्काएको छ ।

महिला वा केटीलाई मात्र यौन दुर्व्यवहार हुन्छ भन्ने हाम्रो समाजले पहिलोपटक पुरुष वा बालकहरुपनि महिलाबाट यौन दुर्व्यवहारको शिकार भइरहेका छन् भन्ने तथ्य त्यो भिडियो सन्देशमा छ ।

त्यहाँ एक बालकले होस्टेलमा आफ्नै वार्डेनबाट भोगेको यौन दुर्व्यवहार देखाइएको छ । बालकले भनेका छन् । त्यो दिन म बिरामी थिए ।

सबै साथी खेल्न बाहिर गएका थिए । सँधै झै साथीहरु फुटबल खेल्न बाहिर निस्किए । म कोठमा यसै पल्टिएको थिए । वार्डेन आण्टी आउनुभयो । के भयो भनेर सोध्नुभयो । मैले पेट दुखेको कुरा बताए ।

उहाँले पानी ल्याएर दिनुभयो । तातोपानी पिएमा ठिक हुने उहाँले भनेपछि मैले पानी खाए । पानी पिइरहेको बेला उहाँ नजिक हुनुभयो । उहाँले माया गरेको अनुभव भयो । एकछिनपछि त उहाँले मेरो गोप्य अंग खेलाउन थाल्नुभयो । मलाईपनि अनौठो भयो ।

उहाँले त्यो दिन के–के गर्न मन थियो गर्नुभयो । त्यसपछि उहाँले मौका मिल्यो कि मलाई त्यही क्रम दोहोर्याउन थाल्नुभयो ।

कहिले वाथरुममा, कहिले किचेनमा बोलाउन थाल्नुभयो । मैले एकदिन त दिक्दार मानेर साथीहरुलाई भने । साथीहरुले उल्टै हासोमा उडाएर हासोको पात्र बनाए । मेरो स्कुल जीवन सकियो ।

त्यो कहालीलाग्दो जीवनबाट मुक्त भए । अहिलेपनि मलाई सम्झिदा त्यो दिन कालकोठरी हो भन्ने लाग्छ । उनले दिएको यो बयानले बालकहरुपनि कसरी यौन दुर्व्यवहारमा परिरहेका छन् भन्ने सत्यता झल्किन्छ ।

आफ्ना बालबालिकालाई नजिकबाट नियालौँ । के भइरहेको छ ख्याल गरौँ । यौन दुर्व्यवहारबाट बचौँ र बचाऔँ ।

  • आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

आजका चर्चित पोष्टहरु

अत्यन्तै चर्चित र मनपर्ने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । च्यानलमा पुग्नुभयो भने Subscribe गरेर नजिकै रहेको बेल (घण्टी) मा थिच्न नभुल्नुहोला । यसो गर्दा राम्रा र मनपर्ने भिडियोहरु अपलोड गर्नासाथ तपाईको मोबाईलमा आउनेछ ।

सम्बन्धित खबरहरु