
एजेन्सी । नेपालीका लागि विश्व बजारका उत्कृष्ट गन्तव्यहरुपनि जागिरका लागि खुल्न थालेका छन् ।
कुनै समय सपनाको संसार मानिएको बेलायतलेपनि १० हजार नेपाली कामदार लैजाने इच्छा देखाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले १० हजार नेपाली लैजाने इच्छा बेलायतले देखाएको जानकारी दिनुभयो ।
सुरुमा नर्सहरु मात्र हुनेछन् । त्यसपछि क्रमशः अरु दक्ष जनशक्ति बेलायतले लिने तयारी गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुलाई जानकारी दिंदै सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागि पठाउने तयारी भएको बताउनुभयो ।
सचिव गौतमले सरकार–सरकार (जीटूजी) सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको बताउनुभयो ।
उहाँले कोभिडपछि बेलायतमा झन्डै एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रमा आबद्ध भएका कामदार लाने तयारी भएको बताउनुभयो ।
सचिव गौतमका अनुसार बेलायत सरकारले कुल १० हजार नर्स लाने इच्छा देखाएको छ । बेलायतले पहिलो चरणमा पाँच हजार नर्सलाई लाने र बिस्तारै थप गर्दै जाने प्रारम्भिक सहमति समेत गरेको सचिव गौतमले बताउनुभयो ।
सचिव गौतमका अनुसार बेलायत जाने नर्सले वार्षिक २४ हजार पाउन्ड स्टर्लिङ अर्थात् झन्डै ४५ लाख रुपैयाँ तलब पाउनेछन् ।
सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बरभित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिबद्धता जनाएको बताउनुभयो ।
त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत आग्रह पत्र प्राप्त भएसँगै मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा सात सदस्य वार्ता टोलीसमेत गठन भइसकेको सचिव गौतमले बताउनुभयो ।
- आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।
आजका चर्चित पोष्टहरु
- नेपाली सेनाले बनाउँदै गरेको काठमाडौ–तराई / मधेश द्रुतमार्ग सडक रहरलाग्दो देखिन थाल्यो [ १० तस्विर ]
- मन्दिर बनाउन जग खन्ने क्रममा जे भेटियो, देख्ने सबै चकित
- अमेरिकी वैज्ञानिकहरूले भूउपग्रहबाट चीनमा खिचिएको तस्विरले सबैको होस उड्यो
- म बिरामी थिए, कोठामा सुतिरहेको बेला आण्टीले आएर खेलाउन थाल्नुभयो…
- मंगल ग्रहका चट्टानमा भेटियो प्राचीन जीवन, जीवहरुका बारे खुल्दा बैज्ञानिकहरु नै हैरान
- कलियुगी आमाले पाप लुकाउन १ दिनकी बालिका फालि, कुकुरले रातभर छोपेर बचायो ज्यान
- पेशाले प्रोफेसर, तर काम मोबाइल चोरी : पत्याउन मुस्किल व्यक्ति
- अन्ततः बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनपनि फसिन् : के हो उनको अपराध ?
- शुक्रदेवले आजदेखि थाल्यो उल्टो चाल , जान्नुहोस् कुन राशिलाई छ शुभ, कुन राशिलाई अशुभ
- आफ्नो एक बच्चा मारेको बदलामा २५० भन्दा धेरैको ज्यान लिइयो, अन्तत: बाँदर पक्राउ !
- ३२ बर्षका पल र १७ की समीक्षाबीच सामिप्यता : छोड्न नमान्दा १ करोड अफरपछि विवाहको कागज
- ‘दुई पटकसम्म शारीरिक सम्पर्क भएको हो, बाँकी के–के भयो थाहा भएन’
- बेडमा श्रीमानसँग रोमान्सको पल भिडियो खिच्ने सोचेर थिच्दा फेसबुकमा लाईभ भएपछि…
- अमेरिका–चीनबीच तनाव उच्च, दलाई लामाको निकटता बुझेपछि चीनले फायर खोल्यो
- ४ राशिमा कार्यमा सफलता, यी ५ राशि सावधा : राशिफल / २०७८ पुस ५ गते, साेमवार
- भर्खरै तयार पार्न यो सिप सिक्नुहोस्
- महिला, पुरुष, बच्चा सबैमा हुन्छ थाइराईड : हुनै नदिने भएपनि यो हो अचुक घरेलु औषधि