bimanएजेन्सी । ग्रीसको लडाकु विमान स्पेनको अल्बासेतेस्थित एउटा हवाई सैन्य अखडामा दुर्घटना हुँदा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ ।

नेटोको संयुक्त हवाई सुरक्षा अभ्यासमा संलग्न ग्रीसको ‘एफ–१६’ लडाकू विमान लोस लियानोस एअर बेसमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दुईजना ग्रीक पाइलट र ८ जना फ्रान्सेली नागरिकको मृत्यु भएको हो । विमानका एक जना चालकको गल्तीका कारण दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनाग्रस्त विमान विस्फोटबाट अन्य ५ वटा लडाकु विमानमा क्षति भएको छ भने केही नेटो आवद्ध सेनाहरुसमेत घाइते भएका छन् ।

सम्बन्धित खबरहरु