काठमाडौं । बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ ।

रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपी मीनबहादुर क्षेत्री कुँवरले यसको पुष्टी गर्नुभयो ।

प्रहरीका अनुसार सोमबार दिउँसो मोडल कलेजको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा उनी बेहोस भएका थिए । त्यसपछि उपचारको क्रममा उनको ज्यान गएको हो ।

विद्यार्थीहरुले कलेजको लापरबाहीको कारण सनहीको मृत्यु भएको भन्दै आन्दोलन पनि गरेका छन् । मृतकका आफन्त, कलेज प्रशासन र प्रहरीबिच घटनाको बारेमा छलफल भइरहेको छ ।

डिएसपी कुँवरका अनुसार आफन्तहरू अहिले छलफलमा हुनुहुन्छ । केही विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । सहनी कक्षा १२ मा अध्ययनरत थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जाडो मौसममा नुहाउन बाथरूमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ ।

फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर मात्रको दोष नहुने बताउनुभयो, बाथरूममा राखिने भेन्टिलेसन पनि हुन्छ ।

  • आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

आजका चर्चित पोष्टहरु

अत्यन्तै चर्चित र मनपर्ने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । च्यानलमा पुग्नुभयो भने Subscribe गरेर नजिकै रहेको बेल (घण्टी) मा थिच्न नभुल्नुहोला । यसो गर्दा राम्रा र मनपर्ने भिडियोहरु अपलोड गर्नासाथ तपाईको मोबाईलमा आउनेछ ।

सम्बन्धित खबरहरु