काठमाडौ । पर्वत, पैयु गाउँपालिका-७ भोर्ले खोलामा सोही गाउँपालिका(६ डेरा गरी बस्ने ओखलढुङगा रागदिप गाउँपालिका-१ घर भएका ५४ वर्षीय मनोज कुमार राई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-११ काहु बसेरी बस्ने ४२ वर्षीय एक देव तिमिल्सिना आफ्नै घरको छतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर, रौतामाई गाउँपालिका-३ मझौ बस्ने ७१ वर्षीया खडीमाया सार्की आफ्नै घर नजिकको जंगलमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी गोरखा, भिमसेन थापा गाउँपालिका-४ बस्ने ५० वर्षीय गोविन्द विक सोही ठाउँ धावाँस्थित बुर्लुङ ठाडो खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहट, कटहरिया नगरपालिका-४ बहादुरपुरस्थित बकैया खोलाको बाधको छेउमा खाल्डोमा जमेको पानीमा सोही नगरपालिका-४ टोलापुर बस्ने ६० वर्षीय नागेन्द्र महतो बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु