• सचेतनाका लागि एक अर्कामा सेयर गरौँ

काठमाडौं । गत सोमबार बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशील सहनी निकै बेर ननिस्केपछि ढोका फुटाएर हेर्दा उनी बेहोस अवस्थामा फेला परेका थिए ।

त्यसपछि नजिकै काठमाडौं मोडल अस्पताल लगिएका उनको सोही दिन आईसीयूमा मृत्यु भयो ।

कक्षा ११ मा अध्ययनरत सहनीको मृत्युपछि उनका परिवारले कलेज व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

‘होस्टल कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको’ भन्दै परिवारले दोषीमाथि कारबाही माग गरेको छ । सहनीको मृत्युपछि भौतिक उपस्थितिमा विद्यार्थीले पढ्नसमेत पाएका छैनन् ।

२०७६ पुस चौथो साता झापा बुद्ध–शान्ति गाउँपालिका–४ की २० वर्षीया स्वशिका लिम्बूको काठमाडौं मिलनचोकस्थित रूमिज गल्र्स होस्टलमा मृत्यु भयो ।

तेस्रो तलामा रहेको बाथरुममा नुहाउन गएकी लिम्बू लामो समय बितिसक्दासमेत ननिस्केपछि उनीसँगै बस्ने साथी क्रान्तिले ढोका ढकढ्याइन् ।

तर ढोका नखुलेपछि होस्टलकै दुई महिला कर्मचारी र क्रान्ति मिलेर बाथरुमको भेन्टिलेसन फुटाए । स्वशिका बाथरुममा ढलिरहेकी थिइन् ।

ढोका फोडेर छिर्दा उनको शरीर चिसो भइसकेको थियो । प्रहरीले भेनस अस्पताल लगे पनि ‘अन्यत्र लैजान’ भनेपछि बानेश्वरको सिभिल अस्पताल लगियो ।

चिकित्सकले स्वशिकालाई मृत घोषणा गरे । वीरगन्जकी १९ वर्षीया जेनिथ चौहानको पनि २०७६ पुस चौथो साता नुहाउनेक्रममा बाथरुममा मृत्यु भयो । ललितपुर–१५ सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टलमा उनी बस्दै आएकी थिइन् ।

कसरी जान्छ ज्यान ?
मकल र हिटर बालेर सुत्नु अत्यन्तै घातक हुन्छ । सावधानी अपनाएनौं भने यसले ज्यानसमेत जान्छ ।

यसरी सुत्दा धेरैको ज्यान पनि गएको छ । वास्तवमा कोइला बालेर सुत्दा धुवाँ निस्कन्छ, त्यो धुवाँबाट कार्वनमोनोअक्साइड ग्याँस निस्कन्छ ।

अर्कोतिर मानिसको रगतमा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । हेमोग्लोबिनले अक्सिजन लिन्छ र शरीरका विभिन्न भागमा सञ्चार गर्छ ।

तर मकल र हिटर बालेर सुत्दा हामीले फेर्ने श्वाससँगै कार्वनमोनोअक्साइड पनि जान्छ । कार्वनमोनोअक्साइडसँग हेमोग्लोबिन भन्दा १५ गुना बढी अक्सिजन लिने शक्ति हुन्छ ।

कार्वनमोनोअक्साइड धेरै लिने शक्ति भएकाले शरीरले अक्सिजन पाउँदैन् । शरीरमा अक्सिजन कम हुँदै गएपछि बेहोस हुँदै जान्छ र मृत्यु हुन्छ ।

सम्बन्धित खबरहरु