काठमाडौ। विदेशी चलचित्रले मात्र कब्जा गरेको नेपाली चलचित्रको बक्स अफिसमा आज शुक्रबारबाट नेपाली चलचित्रले आफ्नो उपस्थिति जनाएको छ ।

शुक्रबारबाट हलमा चलचित्र ‘चुरीफुरी’ रिलिज भएको छ ।

ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी जनरामा प्रस्तुत गरिएको छ ।

यसले भारतिय चलचित्रको तलतल नेपाली भाषामा नै मेटाउने अपेक्षा गरिएको छ ।

तर ‘चुरीफुरी’ले देशभरका मल्टिप्लेक्समा कमजोर शो पाएको छ ।

बलिउड र हलिउड चलचित्रको चेपुवामा परेको ‘चुरीफुरी’ले बक्स अफिसमा कस्तो व्यापार गर्छ, त्यो केही दिनमा नै थाहा हुनेछ ।

यो चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा, दीपकराज आचार्य, सुवोध गौतम, शिशिर भण्डारी, सुरबीर पण्डित लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा आम दर्शकले आफ्नो कथा भएको महसुस गर्ने निर्देशक आचार्यको दावी छ । पोष्टर हेर्दा नै यो कमेडी चलचित्र हो भन्न सकिन्छ ।

आजका चर्चित पोष्टहरु

अत्यन्तै चर्चित र मनपर्ने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । च्यानलमा पुग्नुभयो भने Subscribe गरेर नजिकै रहेको बेल (घण्टी) मा थिच्न नभुल्नुहोला । यसो गर्दा राम्रा र मनपर्ने भिडियोहरु अपलोड गर्नासाथ तपाईको मोबाईलमा आउनेछ ।

सम्बन्धित खबरहरु