काठमाडौ । अति छोटो समयमा टिकटकले विश्व रेकर्ड कायम गरेको छ ।

सर्वाधिक चर्चामा रहेको ‘गुगल’ लाई उछिन्दै टिकटक विश्व नम्बर वान भएको छ ।

सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम हटेको छ ।

क्लाउडफ्लेयर नामक कम्पनीका अनुसार यसअघि शीर्षस्थानमा रहँदै आएको गुगलको स्थान टिकटकले लिएको छ ।

भारतसहित केही मुलुकमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। तर, बाइट डान्सको स्वामित्वमा रहेको टिकटकले विश्वभर मासिक एक अर्ब मानिसले आफ्नो एप प्रयोग गर्ने दाबी गरेको छ ।

योसँगै गुगल लोकप्रिय वेबसाइटको सूचीको दोस्रो स्थानमा झरेको छ । त्यस्तै, हालै नाम परिवर्तन गरेर मेटा राखेको फेसबुक सूचीको तेस्रो स्थानमा छ । माइक्रोसफ्ट चौथो, एप्पल पाँचौं र अमेजन छैटौं स्थानमा छन् ।

सातौं स्थानमा नेटफ्लिक्स, आठौं स्थानमा युट्युब, नवौं स्थानमा ट्विटर र दशौं स्थानमा ह्वाट्सएप छन् ।

आजका चर्चित पोष्टहरु

अत्यन्तै चर्चित र मनपर्ने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । च्यानलमा पुग्नुभयो भने Subscribe गरेर नजिकै रहेको बेल (घण्टी) मा थिच्न नभुल्नुहोला । यसो गर्दा राम्रा र मनपर्ने भिडियोहरु अपलोड गर्नासाथ तपाईको मोबाईलमा आउनेछ ।

सम्बन्धित खबरहरु