काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने निश्चित भएको छ ।

गुजरातमा हुने ‘भाइब्रेण्ट गुजरात ग्लोबल समिटमा’ सहभागी हुन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको बालुवाटार स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा जनवरी १०–१२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

उक्त सम्मेलनमा विभिन्न देशका सरकार प्रमुखहरुलाई निम्तो गरिएको बताइएको छ ।

जनवरी १० मा भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यहाँ नै प्रधानमन्त्री देउवाले मोदीलाई भेट्ने तय भएको छ ।

‘भारतबाट कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा आएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘अहिलेसम्म प्रधानमन्त्री जाने भन्ने नै छ । त्यसको तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमण राजकीय भने होइन । तर सम्मेलनका क्रममा भारतीय समकक्षीसँग भेटवार्ता हुनेछ ।

‘सम्मेलनअघि मोदीसँग भेट हुन्छ वा सम्मेलनपछि भन्नेबारे भने अझै तय भइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘तर छलफलका एजेण्डाबारे हामी परामर्शमा छौं ।’

आजका चर्चित पोष्टहरु

अत्यन्तै चर्चित र मनपर्ने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । च्यानलमा पुग्नुभयो भने Subscribe गरेर नजिकै रहेको बेल (घण्टी) मा थिच्न नभुल्नुहोला । यसो गर्दा राम्रा र मनपर्ने भिडियोहरु अपलोड गर्नासाथ तपाईको मोबाईलमा आउनेछ ।

सम्बन्धित खबरहरु