काठमाडौ । कतार सरकारले न्यूनतम पारिश्रमिक प्राप्त गरिरहेका ३ लाखभन्दा बढी विदेशी श्रमिकको तलब वृद्धि गरेको छ ।

आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले वृद्धि भएको हो ।

नेपालस्थित कतारी दूतावासले सार्वजानिक गरेको प्रतिवेदनमा प्रतिमहिना १ हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल अर्थात ५० हजार रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ ।

अब खान–बस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी १ हजार तलब दिनुपर्ने नियम लागू गरिएको छ ।

यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक १८ सय तलब दिनैपर्ने व्यवस्था लागू भएको दूतावासले जनाएको छ ।

यो तलब लागू नभए सरकारले उक्त रोजगार प्रदान गर्ने कम्पनीलाई नै कडा कारबाही गर्ने जनाएको छ । यसबाट नेपालीहरुपनि लाभान्वित हुने भएका छन् ।

कतारको श्रम मन्त्रालयले निकालेको प्रतिवेदनअनुसार नयाँ तलबमान व्यवस्था लागू भएपछि १ हजार रियालभन्दा कम तलब पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलब पाउन थालेका छन ।

कोरोना महामारीको समयमा विदेशी श्रमिकहरूलाई काम तथा आम्दानीमा कमी नहोस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार गरेको छ ।

आगामी वर्ष २०२२ को नोभेम्बर–डिसेम्बरमा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै आईएलओको अफिस राजधानी दोहामा राख्न दिएर काम गर्न थालेको हो ।

आईएलओसँगको सहकार्यपछि कतार सरकार आप्रवासी कामदारको हकमा खाडी देश मध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ । “कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ ।

गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्टमा भनिएको छ, “विदेशी श्रमिकहरूको लागि रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ ।”

कतारम हाल लगभग चार लाख नेपाली घरेलु कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् ।

 

सम्बन्धित खबरहरु