काठमाडौं । विश्वभर कोरोना महामारीका कारण धेरै समस्याहरु उत्पन्न भएका छन् ।

बेलायतमा कोभिड–१९ महामारीको शुरुतिर शारीरिक सम्पर्कबारे गरिएको एउटा ठूलो अध्ययनको नतिजा हालै प्रकाशित भएको छ ।

बेलायतको नेशनल सर्भे अफ शारीरिक सम्पर्क नाम दिइएको उक्त सर्वेक्षणका क्रममा १८ वर्षदेखि ५९ वर्षका ६,६५० बेलायती नागरिकले लकडाउनको पहिलो चार महिनामा आफ्नो शारीरिक सम्पर्क गतिविधिका बारेमा बताएका छन् ।

लकडाउनपछि युवायुवतीहरूले कमै मात्र प्रत्यक्ष शारीरिक सम्पर्क राखेको र त्यसकारण उनीहरूमा शारीरिक सम्पर्क सन्तुष्टिको मात्रा पनि कम हुन पुगेको उनीहरूले बताएका हुन् ।

सो अध्ययनका अनुसार १८ देखि २४ वर्षका धेरै मानिसले शारीरिक सम्पर्क गतिविधिमा कमी आएको प्रत्यक्ष शारीरिक सम्पर्क गतिविधि भन्दा अरु गतिविधि बढेको बताएको छ । बीबीसीले तीन महिलालाई उक्त सर्वेक्षणको नतिजाबारे सोधेको छ ।

२१ वर्षीया हाना भन्छिन्, ‘यसको आंशिक कारण दिक्दारी हुन सक्छ । किनभने अहिले गर्ने अरू काम नै छैन । म न्यूकाशलमा बस्छु, जहाँ साढे तीन बजे नै अँध्यारो हुन्छ अहिले ।

म टहलिएर आइसकैँ र अब मसँग साँझको पुरै समय बाँकी छ । त्यसैले म सोच्छु, ‘अँ, त्यहाँ शारीरिक सम्पर्क खेलौना छ ’ अनि म त्यतै लाग्छु । तर मलाई के पनि लाग्छ भने म कुनै प्रकारको प्रेम सम्बन्धमा थिइनँ, त्यसैले राम्रो रमाइलो महसुस गर्न म शारीरिक सम्पर्क खेलौनाको प्रयोग गर्न जान्थेँ ।

निश्चय नै कुराकानी गर्ने व्यवहारमा भने हामी निकै अगाडि बढेका छौँ । मलाई लाग्छ मसँग धेरै नजिक नभएका साथिहरु पनि अहिले मसँग निकै खुलेर कुराकानी गर्छन् ।

हामीहरु तिमीले त्यो प्रयोग गरेका छौ ? वा त्यसो गरेका छौ ? भनेर कुरा गर्छौँ ।’ एक फरक प्रशंगमा उनले थप्दै भनिन, ‘अनलाइन राम्रो हो, तपाईं आफू एक्लै हुनुहुन्न । अन्य कोही व्यक्तिसँग गफ गरिरहेको हुन्छ ।

तर अन्ततः आफ्नो कोठामा म एक्लै त छु । कल्पना त गर्छु मेरो शरीर छुने कोही व्यक्ति सँगै भएको मलाई मन पर्छ । जुन कुरा मैले पाइनँ र जुन कुरा म भइरहोस् भन्ने चाहन्थेँ ।’

२० वर्षीया लायोमी भन्छिन्, ‘अभिभावकसँग लकडाउनमा घरभित्रै हुनु भनेको सबै कुरा चुपचाप सहनुपर्ने जस्तो खालको थियो । क्रिस इभान्सा क्याप्टेन अमेरिकाको भेषमा गज्जब देखिएका छन् तर म केही गर्न सक्दिनँ ।

त्यो समय हुन्छ, गरौँ न त भन्ने समय थियो । तर पर्ख मसँग नजिकै मेरो बुवा पनि हुनुहुन्छ, त्यसै म गर्न सक्दिनँ ।’

उनले थप्दै भनेकी छिन्, ‘एक्लो हुनु मेरो लागि राम्रै थियो । शरीरका बारे जान्नु गाह्रो थियो । एकल शारीरिक सम्पर्क रमाइलो त थियो तर कहिलेकाहीँ तपाईंलाई शरीर बाँड्ने र आफ्नो शरीरको प्रशंसा गरिदिने कोही होस् भन्ने चाहाना हुन्छ ।’

२३ वर्षीया इभी भन्छिन्, ‘मलाई लाग्छ लकडाउनले धेरै मानिसको अन्तरङ्ग सम्बन्धलाई खल्लो बनायो र सम्बन्धलाई कायम राखिराख्न गाह्रो भयो । म कसरी यसलाई कायम राख्न सकिन्छ वा यसलाई रमाइलो बनाइराख्न सकिन्छ भनेर खोजिरहेको थिएँ ।’

उनले अगाडि थपेकी छिन, ‘मलाई लाग्छ हामीले यस विषयमा जति कुरा गर्छौँ यो त्यति नै सामान्य हुन्छ । मैले यो कुरा लकडाउनमा राम्ररी नै देखेँ । किनभने हामीलाई थाहा छ कि यो सबैले गर्छन् र यो पूर्ण रुपमा प्राकृतिक हो ।’

क्याथरीन मर्सर जो प्राध्यापक पनि हुन्, उनी भन्छिन्, ‘युवायुवती जो आफ्ना साथीसँग बसिरहेका थिएनन् वा जो कहिलेकाहीँ शारीरिक सम्पर्क राख्थे, उनीहरुको प्रत्यक्ष भेटेर गरिने शारीरिक सम्पर्क क्रियाकलाप निकै कम गर्न पाए र त्यस्तो हुँदा एक्लै गरिने शारीरिक सम्पर्क क्रियाकलापहरु, जस्तै शारीरिक सम्पर्क खेलौनाको प्रयोग, आफ्नै हात वा अंगहरुको प्रयोग वा शारीरिक सम्पर्क कुराकानी अथवा अन्य व्यक्तिसँग शारीरिक सम्पर्क गतिविधिका लागि भिडियो प्रयोग गर्ने कुराहरु बढे ।’

उनले अगाडि भनिन्, ‘अहिले शारीरिक सम्पर्क निकटता र शारीरिक सम्पर्कसुखका लागि कसैसँग शारीरिक सम्पर्क नै हुनुपर्छ भन्ने छैन भन्नेबारे धेरै मानिसले थाहा पाउन थालेका छन् । अनि मलाई लाग्छ महिलाहरुमा शारीरिक सम्पर्कसुख पाउनका लागि पुरुषको तुलनामा महिलाहलाई शारीरिक सम्पर्कसुखको अनुभवको अवसर बढी भयो होला ।

केही मानिसका लागि सायद एकल शारीरिक सम्पर्क गतिविधि वा भर्चुअल शारीरिक सम्पर्क गतिविधि, शारीरिक सम्पर्क सन्तुष्टिका लागि पर्याप्त भयो होला तर अरु मानिसका लागि जसलाई आफ्नो भावनात्मक आवश्यता पूरा गर्न पनि अन्य मानिसको शारीरिक सम्पर्कको आवश्यता पर्छ । उनीहरुलाई रोचेर लकडाउनका प्रतिबन्धात्मक व्यवस्थापनबारे विचार गर्नुपर्छ ।’

 

सम्बन्धित खबरहरु