सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई हटाई गोपलबहादुर खड्कालाई नियुक्त गरेको छ । आपुर्ति मन्त्रालयले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगी भट्टलाई हटाएर सडक विभागका ईन्जिनियर खड्कालाई नियुक्त गरिएको हो ।

आपुर्ति मन्त्री सुनिलबहादुर थापा र राज्यमन्त्री गिरिबहादुर केसीले भट्टलाई हटाई आफु अनुकुल काम गर्ने खड्कालाई निगममा ल्याएको कर्मचारी सुत्रको भनाई छ । निगमको हितमा काम गर्न खोज्दा ईन्धन ब्यवसायीको स्वार्थमा बाधा पुगे पछि भट्टलाई हटाउन ब्यवसायीहरुले मन्त्रीलाई दबाब दिएका बुझिएको छ ।

पछिल्लो समयमा नेशनल टे«डिङ मार्फत ग्यास सिलिण्डर बिक्रीको ब्यवस्था मिलाईए पछि नाफाखोर ब्यवसायीहरुले भट्टलाई झन् निशाना बनाएका थिए ।

त्यस्तै नेशनल ट्रेडिङ महाप्रबन्धकमा पूर्णशङ्कर बसीलाई नियुक्त गरिएको गरिएको छ भने नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको महाप्रबन्धकमा कुमार केसीलाई नियुक्त गरिएको छ । त्यस्तै  मन्त्रिपरिषद बैठकले नेपाल टिम्बर कर्पोरेसन लिमिटेडको अध्यक्षमा अर्को व्यवस्था नभएसम्मका लागि वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यलाई जिम्मेवारी दिने र टिम्बरको महाप्रबन्धकमा वीरेन्द्रमार यादवलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

सम्बन्धित खबरहरु