पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापा नेता मात्र हुनुहुन्न उहाँ अब्बल दर्जाको खेलाडीपनि हो ।

राजनीतिमा असफलता मिलेपनि उहाँलाई खेलमा सफलता मिलेको छ । उहाँ गएको पार्टीको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित हुनुभएको थियो ।

उहाँले पोखरामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा ५५ वर्षमाथिको डबल्समा उपाधि जित्नुभयो ।

उहाँ र झ्याम्पा ढुण्डुपको जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि संघर्षपूर्ण जित निकालेको हो ।

उहाँहरुले २–६, ६–२ र ११–९ को सेटमा जित निकाल्नुभयो । यसअघि उहाँ ५५ वर्षमाथिको एकल प्रतिस्पर्धामा भने थापा कृष्ण घलेसँग पराजित हुनुभएको थियो ।

६५ वर्षमाथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङलाई ४–०, ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु