काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले एकीकृत नेकपा माओवादीको मोर्चा सडक आन्दोलनमा गए हावा खाने चेतावनी दिएका छन् ।
आफ्नै निवास डल्लुमा बुधबार बिहान रिपोटर्स क्लबले आयोजना गरेको साक्षत्कारमा बरिष्ठ नेता खनालले जनता संविधानको पक्षमा रहेका बेला पार्टी कार्यकर्ताले गर्ने आन्दोलनको कुनै अर्थ नरहेने बताए ।
नेता खनालले आफुहरुले दुई तिहाइको दम्भमा प्रक्रिया सुरु गरेको नभै जनताको चाहना पुरा गर्ने बाटोमा हिडेको दाबी समेत गरे ।
उनले नेकपा एमालेलाई सत्तामा जान आतुर भएको आरोप लागे पनि आफुहरुको अर्जुन दृष्टि भनेकै संविधान जारी गराउनु रहेको बताए ।