काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन आज नेपालीले टोपी दिवस मनाएका छन् ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि केही वर्षदेखि यो दिवस स्वतःस्फूर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन मनाउन थालिएको छ ।

जङ्गबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने चलन छन् ।

आजका चर्चित पोष्टहरु पढ्न छुटाउनुभयो की ?

सम्बन्धित खबरहरु