काठमाडौं । सबैलाई थाहा छ कि कुनै पनि दम्पतिको सम्बन्ध विश्वासमा आधारित हुन्छ ।

प्रेमले आशाको आधारमा मात्र बाँझोलाई हरियाली दिने वाचा गर्छन् । त्यो प्रेम नै हो जसले संसारलाई अहिले सम्म बाँच्न लायक बनाएको छ । जब हामीसँग केहि थिएन, त्यहाँ माया थियो ।

माथि उल्लिखित कुराहरूलाई प्रमाणित गर्न संसारमा धेरै कथाहरू छन् । यस्तै एउटा कथाले अहिले सामाजिक सञ्जालमा मानिसहरुको मन छोएको छ ।

हो, यो कथा धेरै वर्ष पुरानो हो तर सामाजिक सञ्जालले फेरि यो प्रेमकथाको पाना खोलेको हो । श्रीमान श्रीमतीको सम्बन्ध विश्वासमा आधारित हुन्छ ।

भारत, राजस्थानका विजेन्द्र सिंह राठौर र उनकी पत्नी लीलाको विश्वास, प्रेम र आशाले भरिएको कथाले सबैको आँखा रसाएको छ । राजस्थानका विजेन्द्र सिंह राठौर र उनकी पत्नी लीलाको विश्वास, प्रेम र आशाले भरिएको कथा थाहा पाएर सबै भावुक हुन्छन् ।

विजेन्द्र आफ्नी श्रीमती लीला र छोराछोरीसँग चारधाम दर्शन गर्न उत्तराखण्ड आएका थिए । त्यहाँ उनी त्यही टुर एण्ड ट्राभल कम्पनीको बसमा आएका थिए, जसमा उनी टुर अपरेटरको रुपमा काम गर्थे ।

यो यात्रामा उनको जीवनमा अन्धकार हुनेछ भनेर सायद उनले कहिल्लै कल्पना गरेका हुँदा हुन् । उनको भ्रमणका क्रममा उनी उत्तराखण्डमा आएको भीषण बाढीको चपेटा पर्नुपर्यो । जुन २०१३ मा आएको बाढीले विजेन्द्रको लीला र उनको जीवनको खुसी खोस्यो ।

विजेन्द्रले भगवानसँग धेरै पटक हात नजोडेका पनि होईनन्, तर लीला कतै भेटिइनन् । साथै अन्य सरकारी फाइलमा पनि लीलालाई मृत घोषित गरिएको थियो । बाढीमा परी ज्यान गुमाएकालाई सरकारले दिने रकम पनि परिवारले पाइसक्यो । परिवारले भारु ९ लाख क्षतिपूर्ति पाएका थिए ।

त्यसपछि पनि विजेन्द्र विश्वास गर्न तयार थिएनन् कि उनकी लीला अब यस संसारमा रहिनन् । उनी आफ्नी श्रीमतीको मृत्यु भयो भन्ने कुरा मानिरहेका थिएनन् । उनलाई सबैले धेरै सम्झाए, तर विजेन्द्र मानेनन् । अन्ततः लीलालाई खोज्न बाहिर जाने निर्णयमा पुगे ।

विजेन्द्र आफ्ना छोराछोरीलाई घरमै छोडेर लीलालाई खोज्न निस्किए । उनले उत्तराखण्डको हरेक गाउँमा लीलाको तस्विर लिएर खोज्न थाले । उनले सबैलाई श्रीमतीको तस्बिर देखाउँथे र सोध्थे, ‘तपाईले यसलाई कतै देख्नुभयो ?’ आखिर कति पागल थिए विजेन्द्र ?

के कसैले यस्तो माया गर्ने जीवनसाथी पाउँछ ? त्यस्तो अवस्थामा धेरैजसो बृद्धिमान मानिसले आफूलाई बुझेर घर फर्किन्थे होला । तर विजेन्द्र बृद्धिमान नभई एक पागल प्रेमी थिए । विजेन्द्र आफ्नी लीला जीवित छिन् भन्ने विश्वासले भरिएको प्रेमी हुन् ।

रोचक कुरा के भयो भने जनवरी २०१५ मा १९ महिनापछि उनले लीलालाई भेट्टाए । त्यसपछि विजेन्द्रलाई सच्चा प्रेममाथि विश्वास लाग्यो । लीला उत्तराखण्डको गंगोली गाउँमा भीख मागिरहेको अवस्थामा फेला परेकी थिइन् ।

उनको मानसिक अवस्था यति बिग्रिएको थियो कि उनले विजेन्द्रलाई चिन्न पनि सकिनन् । विजेन्द्रले उनलाई घर ल्याए र परिवारको सहयोगमा लीलाको उपचार गरेका हुन् । अहिले दुबैको जीवन ठिकठाक छ ।

आजका चर्चित पोष्टहरु क्लिक गरेर पढ्नुहोस्

सम्बन्धित खबरहरु