SushilKoirala-pm_20140909064209काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले बिपक्षी मोर्चालाई वार्ता प्रक्रियामा आउन आग्रह गरेका छन् ।

मंगलबार कांग्रेस पार्टी कार्यलय सानेपामा भएको कार्यक्रममा कोइरालाले सवै बार्ता र छलफल बाटै निश्कर्ष निस्कने भन्दै विपक्षी मोर्चालाई वार्तामा आउन आग्रह गरेका हुन् ।

उनले लामो समय देखिको अशान्तिकै कारण देश विकास हुन नसकेको भन्दै शान्ति स्थायित्वका लागि सवै पक्षलाई जिम्मेवार हुन आग्रह गरे ।

सबै पक्ष जिम्मेवार हुने हो भने १० बर्षमा देशविकासमा कायापलट हुने कोइरालाको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान जारी गर्ने बिषयमा बिपक्षी मोर्चाले अवरोध गर्न नहुने बताए ।

सम्बन्धित खबरहरु