काठमाडौ । गायक राजेशपायल राईमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले निन्दा एवं भर्त्सना गरेका छन् ।

गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए ।

अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् ।

स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि शेर्पाले हातपात गरेका थिए । उनको घाँटी निमोठ्दै उनीमाथि स्टेजमा शेर्पाले दुर्व्यवहार गरेका थिए ।

आयोजकले घटना सामान्य भएको भन्दै ढाकछोप गर्न खोजेको विषयलाई समेत अमेरिकामा रहेका कलाकारहरुले भर्त्सना गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुले समेत गायक राईमाथि भएको दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेका छन् ।

यस्तै, गायिका निशा सुनार अध्यक्ष रहेको नेपाली अमेरिकन कलाकार संघले पनि गायक राईमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ । उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

आजका चर्चित पोष्टहरु क्लिक गरेर पढ्नुहोस्

सम्बन्धित खबरहरु