काठमाडौं । राम्रो नाफा दिन सक्ने लघुवित्तको सेयर किन्ने मौका अझै छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पुस ९ गतेदेखि संस्थापक सेयर लिलामीमा ल्याएको छ ।

एक सूचना निकाल्दै कम्पनीले ४ लाख ७८ हजार ३३८ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको जनाएको हो ।

कम्पनीले संस्थापकहरुको नाममा बाँडफाँट भएको संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता हकप्रद सेयरलाई नेपाल राष्ट्र बैंकबाट बाँडफाँटको स्वीकृती नभएको बिक्रीमा ल्याएको हो ।

कम्पनीले विद्यमान अन्य संस्थापकहरुमा नेपाल राष्ट्र बैंकद्वारा घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी निर्देशन अनुसार फेस भ्यालुमा बिक्री गर्न लागेको जनाएको छ ।

उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन आउँदो माघ १३ गते अपरान्ह ३ बजेसम्म कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा पुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

आजका चर्चित पोष्टहरु क्लिक गरेर पढ्नुहोस्

सम्बन्धित खबरहरु