akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा बिगो रकम तीन गुना बढी असुल गरेको जनाएको छ ।

आयोगले मंगलबार चौबीसौं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत वर्षको तुलनामा बिगो रकम असुल तीन गुणा वृद्धि भएको जनाएको हो ।

गत वर्ष ५३ करोड ७० लाख ९ हजार ३ सय ६६ रुपैयाँ ४४ पैसा विगो रकम असुल गरेकोमा यो वर्ष १ अर्ब ६६ करोड २४ लाख ९० हजार ७ सय ८९ रुपैयाँविगो दावी गरेको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

सबैभन्दा बढी उजुरी शिक्षा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित रहेको भन्दै प्रवक्ता सापकोटाले यो आर्थिक वर्षमा ६ सय ५२ जनालाई प्रतिवादी बनाई १ सय ६८ ओटा मुद्दा विशेष अदालतमा दायर गरिएको बताए ।

यो वर्ष २२ हजार ६ सय ३ वटा उजुरी परेको सापकोटाले जानकारी दिए । आयोगमा परेका उजुरीमध्ये १२ हजार ८ सय ९२ उजुरी फछर्यौट भइसकेको प्रतिवदेनमा उल्लेख छ ।

काठमाडौ उपत्यकाभित्र र बाहिर व्यक्तिले भोगचलन गरिरहेको ४६ रोपनीभन्दा बढी सरकारी जग्गा सरकारको नाममा कायम गरिएको प्रवक्ता सापकोटाले बताए ।
दायर गरिएका मुद्दामध्ये १९ प्रतिशत पुनरावेदन पठाइएको आयोगले जनाएको छ ।

सम्बन्धित खबरहरु