काठमाडौ । कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् ।
उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे।
हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । उनले हप्तान्तको निशेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गरे।
कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिने उनले बताए ।
त्यसैगरी सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ । सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छुट दिएको छ । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने मङ्गलबार पाँच हजार ४८१ जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।
मङ्गलबारसम्म भारतमा एक हजार ८९२ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट देखिएको छ । महाराष्ट्रमा ओमिक्रोनको सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ ।
आजका चर्चित पोष्टहरु लिंकमा क्लिक गरेर पढ्नुहोस् ।
- दुर्लभ संयोगले आज यी ७ राशि मालामाल, ३ राशिलाई संकट : राशिफल / २०७८ पुस २१ गते, बुधवार
- अध्यक्ष लिङ्देनद्धारा केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेता मनोनित, को–को छन् ?
- दुर्घटनामा १९ जनाको मृत्यु : मोटरसाईकलमा चढेका ३ जनाको घटनास्थलमै मृत्यु
- ‘म ५६ बर्षको भए श्रीमतीलाई धेरै माया गर्छु’ तर उनले शारीरिक क्रिया गर्नै दिन्नन् : म के गरौ ?
- सानै उमेरमा अर्बपति भएकी महिलाको हृदयघातबाट अल्पायूमा नै निधन
- भारतले बनायो चमत्कारीक उड्ने कार : रनवे चाहिदैन घरको छतबाटै उड्छ, बायो फ्युल लाग्ने
- ‘हट्यो लाइसेन्स पाउने झमेला, अब यसरी सजिलै पाइनेछ स्मार्ट लाइसेन्स’
- पृथ्वीमा आउँदैछ नयाँ महासंकट, नासाले समय तोकेरै दियो चेतावनी
- सडक क्रस गर्दै गरेकी बालिकालाई बचाउन खोज्दा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
- ज्यालामुखीको महाप्रलय र महाबर्षा : खुल्यो पृथ्वीमा कसरी आए डायनासोर !