काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेण्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकोमा पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा भइरहेको छ ।

यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मन्त्री आलेको प्रशंसा गर्नुभयो ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो निर्णय गरेको’ भन्दै आलेलाई धन्यवाद दिनु भएको हो ।

अघिल्लो केपी ओली नेतृत्वको सरकारले संग्रहालयभित्र बतास अर्गनाइजेसनको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनलाई रेस्टुरेन्ट चलाउन दिने निर्णय गरेको थियो ।

ऐतिहासिक दरबार संग्रहालयलाई व्यापारमा लगाउन लागिएको भन्दै विरोध भएपछि सोमबार पर्यटनमन्त्री आलेले त्यससम्बन्धी निर्णय कार्यान्वयन रोक्न निर्देशन दिनु भएको थियो ।

नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले मन्त्री आलेलाई राम्रो गर्नुभयो भनेर धन्यवाद दिन भएको हो ।

यसअघि पनि विभिन्न लोकप्रिय निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमै पर्यटनमन्त्री आलेको प्रशंसा गरिरहनु भएको छ ।

अघिल्लो सरकारले नारायणहिटीभित्र क्याफ्टेरिया चलाउन दिने प्रक्रिया सेटिङका आधारमा गरेको पर्यटन मन्त्रालय स्रोत बताउँछ ।

बतास अर्गनाइजेसनअन्तर्गतका बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालि, होटेल आनन्द प्रालि र बतास एसोसिएट्स मात्र प्राविधिक रूपमा टेन्डरमा योग्य हुने गरी टेन्डरसम्बन्धी कागजपत्र बनाइएको थियो ।

आजका चर्चित पोष्टहरु लिंकमा क्लिक गरेर पढ्नुहोस् ।

सम्बन्धित खबरहरु