काठमाडौं । विवादित व्यापारिक घराना बतास अर्गनाइजेसनसँग जोडिएपछि प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले स्पष्टिकरण दिनु भएको छ ।

नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट खोल्नेगरी जग्गा भाडामा लिएको प्रकरण पनि सो संस्था विवादमा परेको हो ।

२०७७ सालमै उक्त जग्गा भाडामा लिइएको थियो । जसमा अहिले भवन निर्माण गर्नेदेखि लिएर सजावटको काम चलिरहेको थियो ।

तर पर्यटनमन्त्री प्रेम आलेको निर्देशनपछि काम रोकिएको छ । बतास अर्गनाइजेसन अन्तर्गत बिपिएस लिजिङ कम्पनीले महिनामा दुई लाख २१ हजार भाडा दिनेगरी सम्झौता गरेको थियो ।

बतास फाउण्डेसनले आफ्नो बेवसाइटमा राखेको सूचनामा आरजू राणालाई सल्लाहकारको रूपमा राखेको थियो ।

तर अहिले सो जानकारी हटाइएको छ । सन् २००८ मा स्थापना भएको बतास फाउण्डेसनको एडभाइजरको रूपमा आरजूसँगै डा. सुमन के. कर्ण, खेमराज उपाध्याय, क्रिस वार्डेल पनि रहनु भएको थियो ।

विवादमा तानिएपछि प्रधानमन्त्री पत्नीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिनु भएको हो । उहाँले भन्नु भएको छ, ‘सञ्चारमाध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ ।’

साथै उहाँले आफू कुन–कुन संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा रहेको भन्नेबारे पनि प्रष्ट पार्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएकी राणा संलग्न संस्थाहरु निम्नानुसार रहेका छन्

  • ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल Rural Women's Development and Unity Centre (RUWDUC)
    (संस्थापक अध्यक्ष तथा सल्लाहकार)
  • साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)
  • सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष)
  • नामी (अध्यक्ष)
  • उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)
  • Blood Donors association of Nepal BLODAN (संरक्षक)

आजका चर्चित पोष्टहरु लिंकमा क्लिक गरेर पढ्नुहोस् ।

सम्बन्धित खबरहरु