काठमाडौं । हाम्रा वरपर माया र प्रेमसम्बन्धी यस्ता घटना भइरहेका हुन्छन्, जसबारे जानेर विश्वास गर्न गाह्रो हुन्छ ।

कहिलेकाहीँ दुवैका लागि प्रेम निकै हानिकारक हुन सक्छ । त्यस्तै एउटा डरलाग्दो घटना पाकिस्तानबाट आएको ।

एउटी युवती रुसबाट प्रेमी भेट्न पाकिस्तान पुगेकी हुन् । तर पाकिस्तान पुगेपछि उनले जीवन त्याग गर्न खोजेको खुलेको हो । उनले झ्यालबाट हाम फालेर जीवन त्यागको प्रयास गरेकी हुन् ।

वास्तवमा यो घटना पाकिस्तानको मुल्तानस्थित होटलमा देखा परेको हो । पाकिस्तानको ‘डन’ अखबारको अनलाइन रिपोर्टका अनुसार यी दुईको अनलाइनमार्फत कुराकानी सुरु भएको थियो ।

अनलाइनबाट सुरु भएको प्रेम एक अर्कालाई भेट्नेसम्म पुगेको हो । त्यसपछि एक दिन अचानक उनी आफ्नो प्रेमीलाई भेट्न पाकिस्तान आइन् ।

उनले मुल्तानको एउटा होटलमा कोठा लिए र आफ्नो केटा साथीलाई बोलाउन थालिन् । रिपोर्टका अनुसार उनका साथी उनलाई भेट्न आएनन् ।

साथीलाई भेट्न नसकेपछि उनले सोही होटलको झ्यालबाट हाम फालेर जीवनबाट नै विदा लिने प्रयास गरेकी हुन् ।

रुसी महिलाको नाम करिस्टिना मर्कुलोभा रहेको प्रहरीले जनाएको छ । गत वर्ष ३० डिसेम्बरमा अब्दुल्लाह नामका युवकको खोजीमा करिस्टिना पाकिस्तान पुगेकी थिइन् ।

उनीहरु दुबईमा सँगै बस्ने गरेको पनि बताइएको छ । अहिले प्रहरीले युवतीलाई मुल्तानस्थित महिला केन्द्रमा राखिएको छ । ती युवतीको कागजपत्र जाँच्दा पनि आवश्यक कागजात नभएको अधिकारीहरुले बताएका छन् ।

युवतीलाई इस्लामावादस्थित रुसी दूतावासमा पठाइएको बताइएको छ । त्यहाँबाट युवती आफ्नो परिवारका सदस्यहरूसँग सम्पर्कमा आएकी हुन् ।

आजका चर्चित पोष्टहरु लिंकमा क्लिक गरेर पढ्नुहोस् ।

सम्बन्धित खबरहरु