काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित ह्वात्तै बढेका छन् ।

काठमाडौ उपत्यकामा मात्रै ३१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १३०२ जना पुगेको छ ।

सक्रिय संक्रमित एक हजार नाघेका जिल्लामा यसअघि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्दै आएको थियो ।

अब के गर्ने भन्ने बारेमा छलफल गर्ने तयारी भइरहेको जिल्ला प्रशासन स्रोतले बताएको छ । काठमाडौमा मृत्यु हुनेको संख्या २२४१ पुगेको छ । २५६६५० जना अहिलेसम्म काठमाडौमा मात्र संक्रमित भइसकेका छन् ।

 

सम्बन्धित खबरहरु