काठमाडौं । विश्वभर कोरोना महामारीले आतंक मच्चाएको छ । कोरोना भाइरसका लागि विभिन्न खोपहरु बजारमा आएका छन् ।

मान्छेहरु खोप लगाउन डराउने गरेका घटनाहरु पनि बाहिर आउने गर्छन् ।

तर यो बीचमा केही त्यस्ता घटनाहरु बाहिर आउछन्, जसबाट सबै चकित हुने गर्छन् ।

भारत, बिहारको मधेपुरा जिल्लामा एक व्यक्तिले आफूले कोरोना खोपको ११ डोज लिएको दाबी गरेका छन् ।

पुरैनीका ८४ वर्षीय ब्रह्मदेव मण्डलले खोप लगाउन थालेदेखि आफू कहिल्यै बिरामी नपरेको उल्लेख गरेका हुन् ।

उनी आफ्नो स्वास्थ्यमा सुधार आएको दाबी पनि गर्छन् । यता, मधेपुराका सिभिल सर्जन डा अमरेन्द्र प्रताप शाहीले आफ्नो दाबी साँचो हो वा झुटो त्यो छानबिनको विषय रहेको बताए ।

अस्पतालको अभिलेख जाँच्ने र आफ्नो दाबी सत्य पाइएमा जिम्मेवार व्यक्तिलाई कारबाही गरिने उनको भनाई रहेको छ ।

अहिले भारतमा कोरोनाको तेस्रो लहर चलिरहेको छ । बिहीबार भारतभर ९० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

गत महिना नरेन्द्र मोदीले ६० वर्षभन्दा माथिका मानिसहरूलाई जनवरी १० देखि तेस्रो डोज दिने घोषणा गरेका थिए ।

भारतमा अहिलेसम्म दुई डोज मात्रै दिने अनुमति छ । जनवरी ३ देखि १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिइँदैछ ।

आजका चर्चित पोष्टहरु लिंकमा क्लिक गरेर पढ्नुहोस् ।

सम्बन्धित खबरहरु