काठमाडौं । माघ १५ सम्म विद्यालय बन्द गर्नेबारे शिक्षा मन्त्रालयले आज अन्तिम निर्णय गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय विदा बारेको निर्णय सोमबार गर्ने भएको हो । सोमबार दिउँसो मन्त्रालयमा बैठक बसेर यसको टुङ्गो लगाइने भएको छ ।

आइतबार मात्र कोभिड–१९ संक्रमण व्यवस्थापन समन्वय समिति (सिसिएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेपछि आज अन्तिम निर्णय गर्न लागिएको हो ।

सिसिएमसीसीको निर्णयानुसार सोमबार मन्त्रालयले निर्णय गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

जनस्वास्वास्थ्यविदहरूको सुझाव अनुसार आइतबार मात्र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमण बढेका क्षेत्रहरूमा स्मार्ट लकडाउन गर्नुपर्ने विषयमा पनि चर्चा भइरहेको छ ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु