काठमाडौं । बढ्दो कोरोना संक्रमणबीच आगामी माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको सिफारिसलाई कार्यान्वयन गरिएको छ ।

आइतबार सीसीएमसीले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्न भनेको थियो । सो कुरालाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताउनुभयो ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

विद्यालय बन्द गर्ने निर्णय भैसकेको भए पनि सूचना जारी भैसकेको छैन । आजै सूचना जारी गर्ने तयारीमा रहेको शर्माले स्पष्ट पार्नुभयो ।

सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ । मन्त्रालयमा सोमबार बसेको बैठकले सीसीएमसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो ।

एक सूचना जारी गरी बन्दको मोडालिटीबारे जानकारी दिइने छ । सिसिएमसीसीको निर्णय भएपछि अरु थप निर्णय गर्न आवश्यक नरहेको शर्माको भनाई छ ।

सिसिएमसीसीले अब अरु क्षेत्रमापनि नियन्त्रण गर्नेगरी अध्ययन गरीरहेको छ । छिमेकी मुलुक भारतमा अहिलेसम्मकै अत्याधिक संक्रमण देखिएपछि धेरै राज्यमा लकडाउन गरिएको छ ।

त्यहाँ तेस्रो लहर आइसकेको छ । नेपालमापनि तेस्रो लहर आउँनसक्ने भएकाले लकडाउन गर्ने बारेपनि हेर्न थालिइएको एक अधिकारीले बताउनुभयो ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु