काठमाडौ । बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् ।

तर यस पटक भारतीय खेलाडीहरुसँग पछि पर्दै पुष्पा तेस्रो भइन् । पुष्पाले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरिन् ।

उनले गत वर्ष निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् । पुष्पाले टाइमिङ सुधार गरे पनि स्वर्ण रक्षा गर्न सकिनन् ।

नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले यस पटक भारतका धावकहरु राम्रो रहेको बताए ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् भने भारतकै ज्योती गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् ।

नेपाली पुरुष खेलाडीले पदक जित्न सकेनन्

यस्तै नेपालका दुई पुरुष खेलाडीले पनि दक्षिण एसियाली कोटामा प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुले कुनै पदक जित्न सकेनन् ।

नेपालका किरण सिंह बोगटी २ घण्टा २३ मिनेट ४३ सेकेण्डमा दौड पूरा गर्दै पाँचौं स्थानमा रहे । शीर्ष चारमा भारतीय खेलाडीकै पकड रहँदा बुगाथा स्रिनुले २ घण्टा १६ मिनेट २६ सेकेण्ड समयसहित स्वर्ण जिते ।

प्रशिक्षक गुरुङले किरण र अर्का खेलाडी नरेन्द्र सिंह रावतले राम्रो समय निकालेको तर पदक जित्न भने नसकेको बताए ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु