काठमाडौं । अन्नतः नर्क जाने ढोका बन्द भएको छ । स्वर्ग र नर्कबारे पुराना ग्रन्थहरुमा उल्लेख गरिएको छ । स्वर्गमा सबै कुरा राम्रो हुन्छ भनिन्छ ।
तर नर्कमा सबै कुरा नराम्रो हुन्छ भनिन्छ । यो बीचमा वर्षौदेखि पृथ्वीमा एक यति ठूलो खाडल पनि छ, जसलाई नर्कको उपमा दिइयो । पृथ्वीमा रहेको नर्कको ढोका चाँही मध्य एसियाली देश तुर्कमेनिस्तानको मरुभूमिमा अवस्थित छ । यसलाई नर्कसँग तुलना गरिन्छ ।
तर यो सत्य हो कि विगत पचास वर्षदेखि त्यस खाडलबाट आगोको ज्वाला निस्किरहेको छ । यो बीचमा अब त्यहाँको सरकारले उक्त ढोका बन्द गर्न लागेको खबर बाहिर आएको हो ।
वास्तवमा तुर्कमेनिस्तानको कर्कुम मरुभूमिमा रहेको यो २२९ फिट चौडा खाडलबाट लगातार ग्यास निस्किरहेको छ ।
यो खाडल पचास वर्षअघि खनिएको थियो । बीबीसीको रिपोर्टका अनुसार तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्दिमुखामेदोभले अधिकारीहरूलाई आगो निभाउन र खाडल बन्द गर्नका लागि हदैसम्मको प्रयासहरू सुरु गर्न आदेश दिएका छन् ।
यही कारणले गर्दा यो खाडल फेरि चर्चामा छ । विश्वभरका मानिसहरूले यसको नाम सुनिरहेका छन् । रिपोर्टका अनुसार सन् १९७१ मा सोभियत संघ (वर्तमान रूस) का वैज्ञानिकहरूले काराकुम मरुभूमिमा कच्चा तेलको भण्डार खोजिरहेका थिए ।
त्यहाँ उनीहरूले प्राकृतिक ग्यासको भण्डार फेला पारे, तर खोजीका क्रममा त्यहाँको जमिन भासियो । त्यसपछि त्यस क्षेत्रमा तीनवटा ठूला खाल्डा बनेका थिए । खाडलबाट मिथेन ग्याँस निस्कने जोखिम थियो ।
आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।
- श्रीमती साटेफेर गरेर यौन सम्पर्क गर्ने ठूलो गिरोह पक्राउ, यी उच्च वर्गका कैयौँ रहेको खुलासा
- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका गोप्य अन्तरंगका तस्विर लिक [ तस्विरसहित ]
- माताले झारफुकमा मारेकी १४ वर्षीया बालिकाको टाउको, ढाड, नितम्बमा त्रिशूलका प्वाल
- नेपालमा भेटिए दुई प्रजातिका नयाँ चरा
- बर्ष २०२२ मा शुक्रले यी ४ राशिलाई बनाउनेछ मालामाल, यी २ राशिलाई अति समस्या
- सरकारद्धारा स्कुल बन्द देखि यी प्रतिबन्धात्मक व्यवस्था लागू : परीक्षा के हुन्छ ? [ निर्णयसहित ]
- यी ४ राशिका मानिसहरु हुन्छन् सबैभन्दा रिसाहा, सानो कुरामा हुनेछन् झगडा गर्न तयार
- म्यादी प्रहरीमा लाखौ संख्यामा भर्ना, कति पढेकाले पाउँछन् अवशर ?
- लाइभमा अनुहार हेर्नासाथ रहस्य ठ्याक्कै थाहा पाउने यो कस्तो शक्ति ?
त्यसलाई रोक्न वैज्ञानिकहरूले मिथेन निस्कने खाल्डोमा आगो लगाए । तर वैज्ञानिकहरुलाई त्यस क्षेत्रमा भएको ग्याँस भण्डारबारे कुनै अनुमान थिएन् । त्यसकारण आगो निभ्न सकेन् । त्यसपछि पनि तत्कालिन सोभियत संघका वैज्ञानिकहरुले त्यहाँ आएर खोज अनुसन्धान नगरेका होईनन् । तर कुनै उपाय लगाउन सकिएन् ।
त्यसपछि सन् १९९१ मा सोभियत संघ नै फुट्यो । मध्य एसियामा नयाँ देशहरुको निर्माण भयो, जसमा तुर्कमेनिस्तान पनि एक हो । त्यसयता यो खाडलबाट आगो निस्किरहेको छ । जहाँ यो अवस्थित छ, त्यहाँ दरवाजा (ढोका) नामक ठाउँ छ । त्यसैले यस खाडललाई दरवाजा ग्यास क्रेटर पनि भनिन्छ । कतिपयले यसलाई नर्कको ढोका पनि भन्छन् ।
सन् २०१० मा पनि विज्ञहरुले यो खाडलमा माटो भरेर आगो निभाउने प्रयास गरेका थिए तर हुन सम्भव भएन् । त्यसबेलादेखि यो खाडल प्रसिद्ध छ । यो पर्यटनको केन्द्र पनि हो ।
दशकौंदेखि जलिरहेको खाल्डो हेर्न मानिसहरु जान्छन् । हाल तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुलीले यो खाडलबाट वातावरणीय क्षति र धनको नोक्सानी भएको भन्दै यसलाई बन्द गर्ने आदेश दिएका हुन् । अब यसलाई कसरी र कति समयसम्म समेट्न सकिन्छ, त्यो हेर्न बाँकी छ ।