एजेन्सी । अल्लु अर्जुन र रश्मिका मन्दान स्टारर फिल्म ‘पुष्पाः द राइज’ बक्स अफिसमा ब्लकबस्टर हिट भयो ।

रणवीर सिंह र दीपिका पादुकोण स्टारर फिल्म ‘८३’ पनि यस फिल्मको अगाडि फिक्का भएको देखियो ।

किनकी एकातिर रणवीर सिंहको फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न लडिरहेको देखियो भने अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ ले बिना कुनै बाधाको राम्रो व्यापार गरिदियो ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

रश्मिका मन्दानका शुल्क बढ्यो
फिल्मको पहिलो भाग ब्लकबस्टर हिट भएपछि अब यसको दोस्रो भाग पनि छिट्टै रिलिज हुने भएको छ, जसको नाम निर्माताले ‘पुष्पा–द रुल’ राखेका छन् ।

फिल्मको दोस्रो पार्ट बन्ने खबर आएसँगै फिल्मकी मुख्य अभिनेत्री रश्मिका मन्दानले यो फिल्मपछि आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।

रश्मिकाले सबैभन्दा महँगो फिल्म गर्ने ?
बलिउड लाइफको रिपोर्ट अनुसार रश्मिकाले पहिलो पार्टका लागि करिब २ करोड भारु लिएकी थिइन् ।

अब उनले दोस्रो पार्टका लागि ३ करोड पारिश्रमिक मागेको खबर छ । अझ रोचक कुरा के छ भने ‘पुष्पा’का निर्माताले रश्मिकालाई त्यति पारिश्रमिक दिन राजी भएका छन् । तर, यस विषयमा आधिकारिक पुष्टि भने भएको छैन ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु