काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै परीक्षा तालिका प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा पोखराले परीक्षा तालिका प्रकाशन सम्बन्धि सूचना प्रकाशित गरेको हो ।

नियमित तथा पुनः परीक्षा सम्बन्धि सूचनामा भनिएको छ त्रि.वि. वन विज्ञान अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्धारा २०७८ साल माघ महिनामा सञ्चालन गरिने स्नातक तह चौथो बर्ष प्रथम सेमेष्टरको नियमित तथा पुनः परीक्षा निम्न कार्य तालिका बमोजिम सञ्चालन गरिने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

परीक्षा शुरु हुने समय ८ बजे तोकिएको छ । परीक्षा केन्द्र श्री पोखरा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, पोखरा, श्री हेटौडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, हेटौडा र श्री काठमाडौ केन्द्र काठमाडौ ताकिएको छ ।

परीक्षा समय तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीलाई पुनः अर्को व्यवस्था नहुने सूचनामा उल्लेख छ ।

कुनै आकस्मिक विदा पर्न गएमापनि यस कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नहुने जानकारी सूचनामा नै गराइएको छ । सूचना आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुलिदिनुहोला ।
सूचना यस्तो छ

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु