काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिविले एकसाथ दुई वटा नतिजा प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौ र त्रिवि कानून संकायले परीक्षा प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानको परीक्षा समितिको बैठकको निर्णयानुसार पोष्ट ग्राजुयट कार्यक्रम तहको निम्न रोल नम्बरको परीक्षाफल सन्तोषजनक भएकोले सो नतिजा प्रकाशित गरिएको छ सूचनामा भनिएको छ । थप जानकारी सूचनाबाट लिन सक्नुहुन्छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय कानून संकाय, परीक्षा सञ्चालक समितिको मिति २०७८ साल पौस २५ गते बसेको बैठकको निर्णयानुसार स्नातक तह बी.ए.एलएल. बी प्रथम सेमेष्टरको अन्त्य परीक्षा २०७७ को परीक्षाफल प्रकाशित भएको जनाइएको छ ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

प्रकाशित परीक्षाफल सम्बन्धित सबैको जानकारीका लागि यो सूचनाबाट प्रकाशित गरिएको सूचनामा भनिएको छ । विस्तृत जानकारीका लागि सम्बन्धित कलेजहरुमा सम्पर्क राख्नुहुन समेत सूचनामा अनुरोध गरिएको छ । परीक्षाफलको ग्रेड सीट सम्बन्धित क्याम्पसहरुबाट ०७ दिन पश्चात उपलब्ध हुने सूचनामा भनिएको छ ।

यसैगरी आजै त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा पोखराले परीक्षा तालिका र परीक्षा केन्द्र प्रकाशन सम्बन्धि सूचना प्रकाशित गरेको हो ।

नियमित तथा पुनः परीक्षा सम्बन्धि सूचनामा भनिएको छ त्रि.वि. वन विज्ञान अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्धारा २०७८ साल माघ महिनामा सञ्चालन गरिने स्नातक तह चौथो बर्ष प्रथम सेमेष्टरको नियमित तथा पुनः परीक्षा निम्न कार्य तालिका बमोजिम सञ्चालन गरिने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा शुरु हुने समय ८ बजे तोकिएको छ । परीक्षा केन्द्र श्री पोखरा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, पोखरा, श्री हेटौडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, हेटौडा र श्री काठमाडौ केन्द्र काठमाडौ ताकिएको छ ।

परीक्षा समय तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीलाई पुनः अर्को व्यवस्था नहुने सूचनामा उल्लेख छ ।

कुनै आकस्मिक विदा पर्न गएमापनि यस कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नहुने जानकारी सूचनामा नै गराइएको छ ।

सूचना आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुलिदिनुहोला ।
सूचना यस्तो छ

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु