काठमाडौ । 'हिमालय रोडिज सिजन - ४' को नेपालगञ्ज अडिशनमा भेटिएकी रोजले आफ्नो विगत सम्झिइन् ।

उनी मात्र कक्षा १० मा पढिरहेकी थिइन् । उनी त्यो बेला केटा नै थिइन् । तर केटीको जस्तो स्वभाव देखिन थालेको थियो । त्यही देखेर होस्टेलमा बस्ने ४० जना केटा मध्ये १ जनाले एकदिन प्रपोज गर्यो ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

म माथि सुतिरहेको बेला तल बोलायो "कम स्लिप वीथ मी" भन्यो । त्यसपछि उसले मलाई जबरजस्ती एब्यूज गर्यो । स्कुलमा ए र बी सेक्सन थियो । हामी ६० जना थियौँ । त्यो होस्टलमा ४० जना थियौँ ।

त्यसपछि भोलिपल्ट अर्को केटाले हिजो भएको घटना मेरो मोबाइलमा भिडियो छ अब मलाईपनि दे । उसले मलाई ब्लाकमेलिङ् गर्न थाल्यो । म बाध्य थिए । त्यसपछि ४० जनाले नै मलाई हरेक दिन एब्यूज गरे ।

म केही दिन बाध्य भए । तरपछि अलिक आँट गरेर होस्टल र परिवारलाई भनिदिन्छु भनेपछि त्यो क्रम रोकियो ।

यो कहानी 'हिमालय रोडिज सिजन - ४' को नेपालगञ्ज अडिशनमा भेटिएकी रोजको वास्तविक कहानी हो । तर अहिले उनले त्यो घटना जितिसकेकी छिन् ।

फरक लैङ्गिक पहिचान भएपनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास भएकाले आफू हिमालय रोडिज् सिजन ४ को सहभागी बनेको उनको दावी छ । जो कोहीले अवशर पायो भने केही गर्न सक्छ भन्ने देखाउँन यो प्रतियोगितामा आएको उनको भनाई थियो ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु