काठमाडौं । बलिउड अभिनेता अजय देवगन र काजोलकी छोरी न्यासा देवगन रातारात भाइरल भएकी छिन् ।

उनले अहिलेसम्म बलिउडमा डेब्यु नगरेपनि सामाजिक सञ्जालमा खुबै चर्चित छिन् । न्यासा ती स्टार किड (सन्तान) हुन जो कुनै न कुनै कारणले गर्दा सधैं चर्चामा रहने गर्छिन् ।

कयौं पटक न्यासा आफ्नो तस्विरका कारण ट्रोल पनि भइन् । सोही क्रममा न्यासाका केही तस्विरहरु हालै साझा गरिएको छ ।

यी तस्विरहरूमा न्यासाको निकै ग्ल्यामरस देखिएकी छिन् । यी तस्विरहरु भाइरल भइरहेका छन् । कतिपयले उनको तारिफ गरिरहेका छन्, कतिपयले उनको रंगलाई लिएर ट्रोल पनि गर्न थालेका छन् ।

न्यासा देवगनका यी नयाँ तस्विरहरु फ्यान पेजबाट शेयर गरिएको छ । जसमा न्यासाले निकै बोल्ड रातो पहिरन लगाएकी छिन् । उनको हेराई निकै ग्ल्यामरस देखिन्छ ।

यो तस्विरमा न्यासा आफ्ना साथीहरूसँग पोज दिइरहेको अवस्थामा देखिएकी छिन् । अर्को एउटा तस्विरमा उनी केटीहरुको समूहमा छिन् । न्यासाका यी तस्विरलाई लिएर प्रतिकृया दिनेहरुको वर्षा भइरहेको छ ।

न्यासा कसरी यति धेरै गोरी भइन् ? भनेर रमाइला खालका प्रश्नहरु पनि गरिएको छ । केही मानिसहरुले लुगा र साथीहरुको बारेमा पनि प्रश्न गरेका छन् ।

न्यासा आफ्नो विदेशी साथीसँग बसेको तस्विर देखेर उनलाई पुनः ट्रोल गर्न थालिएको हो । एक प्रयोगकर्ताले लेखे, ‘यो अङ्ग्रेजी केटा को हो ?’

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

अर्को एकजना लेख्छन्, ‘उनी कसरी यति गोरी भइन् ।’ केही दिनअघि मात्रै न्यासा देवगनको डीप नेक टपमा तस्बिर भाइरल भएको थियो, जसलाई देखेर मानिसहरूले थरी थरीका प्रतिकृया दिएका थिए ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु