काठमाडौं । स्वास्थ्य मन्त्राालयले कोभिड युनिफाइड (वीर अस्पताल) को प्रशासकीय प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीलाई हाजिर हुन नदिने भन्दै वीरका कर्मचारीले विरोध प्रदर्शन गरेका छन् ।

दुनियाँको मन जित्नुभएका अहिलेसम्मकै सफल चिकित्सक डाक्टर लोहनीलाई वीर अस्पतालको प्रशासकीय प्रमुखमा सरकारले नियुक्त गरेको थियो ।

उहाँलाई हाजिर हुन नै रोक्नेगरी कर्मचारीले घेरा हालेका छन् ।

अस्पतालबाहिरका व्यक्तिले भित्रको समस्या बुझ्न नसक्ने भन्दै कर्मचारी प्लेकार्डसहित प्रदर्शमा उत्रिएका हुन् ।

उनीहरूले सरुवा बदर गर्न र वीर अस्पतालमा वीरकै नेतृत्व कायम राख्न माग गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचनको आचारसंहिताका कारण पुरानो मिति राखेर लोहनीलाई वीरमा सरुवा गरिएको र १२ औं तहका विशिष्ठ श्रेणीका अधिकृतको सरुवामा प्रधानमन्त्रीलाई जानकारीसमेत नभएको कर्मचारी संघका नेताहरूको आरोप छ ।

लोहनी माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्य समेत हुनुहुन्छ । उहाँ माओवादी निकट भएको आरोप लगाउँदै कांग्रेसका कर्मचारीहरुले रोकेका हुन् ।

वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पतालको सुधारका विरोधी रहेको र अहिले अर्बौंको स्वास्थ्य सामग्री खरिदको उद्देश्यले मात्र मन्त्री रिझाएर आउन लागेको भन्दै अस्पतालमा प्रवेश नदिने चेतावनी कर्मचारीको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंगलबारमात्र लोहनीलाई वीरको १२ औं तहको प्रशासकीय प्रमुखका सरुवा गरेका थिए । यसअघि जागेश्वर गौतमलाई त्यहाँबाट हराएर डा. भुपेन्द्र बस्नेतलाई निमित्त दिइएको थियो ।

बस्नेत आएपछि अस्पतालमा सुधार भइरहेका बेला अस्पतालबाहिरबाट आउने प्रमुखलाई स्वीकार नगर्ने कर्मचारी संघको भनाइ छ । १२ औं तहमा बढुवा हुनेवित्तिकै मन्त्रालयले वीरमा पठाउन खोज्दा नमानेका लोहनी अहिले अर्बौंको बजेट निकासा हुने बेलामा सरुवा लिएर आउनुमा नियत ठीक नभएको उनीहरूको आरोप छ ।

तर चिकित्सकीय पेसामा रहेका बेला डाक्टर लोहनीले दुर्गममा समेत गएर सेवा गर्नुभएको छ । उहाँ जुन जिल्लामा पुगेपनि त्यहाँका मानिसले ठूलो आदर गर्छन् । दुर्गम बस्तिका मानिसको मन उहाँले जित्नुभएको छ ।

 

सम्बन्धित खबरहरु