काठमाडौ । अहिले एक नानुको जीवन रक्षाका लागि सहयोगको अपिल गरिएको छ ।

सहयोगको लागि सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक अपिल परिवारहरुले गरिरहनुभएको छ ।

दार्चुला जिल्ला महाकाली नगरपालिका–१, छापरी बस्ने स्व. माधप सिंह कुँवर र आमा पार्वती कुँवरकी एक्ली छोरी ममता कुँवर ब्लड क्यान्सरको कारण एक महिना देखि शिक्षण अस्पतालमा उपचार भैरहेको छ र बिचरा ममता कुँवरलाई बुवाले १५ महिनामा यो संसार छोडेर स्वर्गारोहण भए पछि आमाले दार्चुलाको बजारमा मजदुरी गरेर पालेकी १७ बर्षीय छोरीलाई बल्ड क्यान्सरले थला पारेपछि आमा पार्वतीको अब यो संसारमा कोही नभएको महसुस भएको दुखेसो पोख्नुभएको छ ।

छोरी बचाउनका लागि उहाँले आर्थिक सहयोगको अपिल गर्नुभएको छ । उहाँको अपिल यस्तो छ

सहयोगको लागि सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक अपिल-
दार्चुला जिल्ला महाकाली नगरपालिका-१, छापरी बस्ने स्व. माधप सिंह कुँवर र आमा पार्वती कुँवरकी एक्ली छोरी ममता कुँवर ब्लड क्यान्सर (Blood Cancer) को कारण एक महिना देखि शिक्षण अस्पतालमा उपचार भैरहेको छ र बिचरा ममता कुँवरलाई बुवाले १५ महिनामा यो संसार छोडेर स्वर्गारोहण भए पछि आमाले दार्चुलाको बजारमा मजदुरी गरेर पालेकी १७ वर्षीय छोरीलाई बलड क्यान्सरले थला पारेपछि आमा पार्वतीको अब यो संसारमा कोही नभएको महसुस गरेकी छिन ।

छोरीको उपचारको लागि कम्तीमा २५ लाख खर्च लाग्ने भएको छ, बिचरा मजदुरी गरेर खाने महिलाले कहाँबाट २५ लाख जम्मा गर्न सक्लिन र ?

अझै हाम्रो समाजमा सेवाको भाव डुबेको छैन भन्ने आशा गर्दै बिचरा गरिब दीन दुखीको सेवाको लागि हजुरहरुलाई पनि सेवानै धर्म हो भन्ने लाग्छ भने एउटी अनाथ ब्लड क्यान्सर पीडित १७ वर्षीया नानी ममता कुँवरलाई सक्दो सहयोग गरि उनको बाच्ने आधार बनिदिएर सकेको आर्थिक सहयोग गरिदिनुहुन यहाँहरु सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।

पार्वती देवी कुँवर-९८४८८५६६५२

सम्बन्धित खबरहरु