काठमाडौ । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने लमजुङ मर्स्याङदी गाउँपालिका(५ घर भएका ५२ वर्षीय प्रेम बहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७५ माघ २९ गतेको फैसलाले ५ दिन कैद र नगद १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको उक्त महाशाखाले जनाएको छ ।

उनले रकम नभएको चेक दिएर व्यवहार मिलाउन ढिला गरेका थिए । सोही क्रममा चेक बाउन्स गरेर प्रक्रिया अघि बढेको थियो ।

सम्बन्धित खबरहरु