काठमाडौं । आज बिहानैदेखि बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको सम्बन्ध विच्छेद भएको खबर बाहिर आएको थियो ।

यो खबरले अर्जुन र मलाइकाका फ्यानहरुको मन दुख्यो । वास्तवमा अर्जुन कपुर र मलाइका अरोरा विगत केही दिनदेखि सँगै देखिएका थिएनन् । सोही कारणले उनीहरुको ब्रेकअपको अड्कलबाजी सुरु भएको थियो ।

फ्यानहरूले यी दुईबीच कुनै दरार नआओस् र छिट्टै यस्ता समाचारमा दुवैले मौनता तोडून् भन्ने प्रार्थना गरिरहेका थिए ।

सम्बन्ध विच्छेद भएको खबर बाहिर आएपछि अन्ततः अभिनेता अर्जुन कपुरले पहिलो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका छन् ।

अर्जुन कपुरले मलाइका अरोरासँगको एउटा सुन्दर तस्विर इन्स्टाग्राममा सेयर गरेका छन् । क्याप्शन पढ्नु अघि पनि, तपाईले बुझ्नुहुनेछ कि यी दुई बीच सबै कुरा राम्रो छ ।

यो तस्विर शेयर गर्दै अर्जुनले लेखेका छन्, ‘अफवाहको लागि कुनै ठाउँ छैन । सुरक्षित रहनुहोस् । खुशी रहनुहोस् । तपाईहरु सबैलाई धेरै धेरै माया र धेरै धेरै शुभकामना ।’

अर्जुन कपुरको यो पोस्टमा बलिउड क्षेत्रसँग सम्बन्धित धेरै कलाकारहरूले प्रतिक्रिया दिएका छन् । फ्यानहरुले पनि दुबैको स्वास्थ्यको लागि प्रार्थना पनि गरेका छन् ।

अर्जुन कपूरले जस्तै मलाइका अरोराले आफ्नो अकाउन्टमा केही पोस्ट गरेकी छैनन् । तर अभिनेत्रीले प्रेमी अर्जुनको पोष्टमा हार्ट (मुटु) इमोजी बनाएर आफ्नो तर्फबाट सबै ठीकठाक रहेको स्पष्ट गरिन् ।

अर्जुन कपुर र मलाइका अरोरा लामो समयदेखि एकअर्काको प्रेममा छन् । विवाहको खबरमा दुवैले सधैं मौनता कायम राख्ने गर्छन् ।

चाँडै नै दुवैले विवाह गर्न सक्ने विश्वास गरिएको छ । यतिबेला उनीहरुका फ्यानका लागि सबैभन्दा राम्रो कुरा यो हो कि उनीहरु दुबै अलग भएका छैनन् ।

सम्बन्धित खबरहरु